arrow

चितम्बरम सोमबारसम्म सीबीआईकै पाहुना, न्यायाधीशले भने – आरोप गम्भीर

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
chidambaram.jpeg

काठमाडौं । भ्रष्टाचार आरोपमा सीआईबीले पक्राउ गरेका भारतीय पूर्व अर्थमन्त्री एवं कांग्रेस आईका वरिष्ठ नेता पी चितम्बरमको भ्रष्टाचार काण्ड गम्भीर भएको भन्दै विशेष अदालतले सोमबारसम्म हिरासतमा लिएर अनुसन्धान गर्न निर्देशन दिएको छ । 

आईएनएक्स मिडिया घोटाला मामलामा बुधबार राति सीआईबीले घरबाटै नियन्त्रणमा लिएको थियो । 

बिहीबार विशेष अदालतमा पेश गरिएकामा न्यायाधीश अजय कुमार कुहारले चितम्बरममाथि लागेका आरोप गम्भीर भएकाले गहिराईमा गएर जाँच गर्नुपर्ने बताएका छन् । 

सीबीआईका वकिल तुषार मेहताले चितम्बरमद्धारा जाँचमा कुनै सहयोग नभएको आरोप लगाए । 

थप अनुसन्धानका लागि पाँच दिन सीबीआईले नियन्त्रणमा लिएको हो । चिदम्बरमका वकिलले भने सीबीआईको भनाईको विराृेध गर्दै असहयोग नगरेको बताए । 
वकिल कपिल सिब्बलले सीबीआईसंग कसरी प्रश्न गर्ने भनेर तयारी समेत नभएको आरोप लगाए । कुनै तयारी बिना नै किन अनुसन्धानका लागि पाँच दिन राखियो भनी प्रश्न गरेका छन् । 

न्यायाधीश कुहारले तथ्य र हालत हेरेर चिदम्बरमलाई हिरासतमा राख्नु न्यायपूर्ण भएको बताएका छन् । 

चिदम्बरममाथि ३०५ करोड भारतीय रुपैयाँ घोटालाको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ