arrow

इंगल्याण्ड सामु घुँडा टेक्यो अष्ट्रेलियाले 

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
england15.jpg

काठमाडौं । तेस्रो टेष्ट क्रिकेटमा इंगल्याण्ड विरुद्ध अष्ट्रेलियाले खराव सुरुआत गरेको छ । 

लिड्समा बिहीबारदेखि सुरु भएको एसेज सिरिजको तेस्रो खेलमा अष्ट्रेलिया पहिलो दिनमै १७९ रनमा अलआउट भयो ।

Jofra Archer stole the show for England as they seized power over Australia at Headingley

वर्षाले पटक पटक अवरुद्ध भएको खेलमा ५२.१ ओभरमात्र क्रिजमा टिकेको अष्ट्रेलियाका ३ खेलाडीले मात्र दोहोरो स्कोर जोडेका थिए । 

But David Warner and Marnus Labuschagne frustrated England to get Australia to 136 for two

मार्नस लाबुस्चाग्नेले ७४, डेभिड वार्नरले ६१ तथा कप्तान टिम पाइनेले ११ रन बनाएका थिए । 

However, Australia then lost three wickets for as many runs in the next 15 minutes in Leeds

पहिलो खेलमा दुई वटा सतक तथा दोस्रो खेलमा आकर्षक खेलेका स्टेभेन स्मिथ चोटका कारण खेल्न नसकेपछि टिम लड्खराएको हो । 

Archer finished with a return of six wickets for just 45 runs as Australia were skittled out for 179

आकर्षक बलिङ गर्ने क्रममा जोफ्रा आर्चरले ६ तथा स्टुवार्ड ब्रोडले २ विकेट लिए । 

यसअघिको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने दोस्रो खेल वर्षाका कारण बराबरीमा टुंगिएको थियो । 

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत एसेज सिरिज भइरहेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ