arrow

अनुच्छेद ३७० बारे भारतलाई फ्रान्सको साथ, राफेल विमान सेप्टेम्बरसम्म दिने

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
modi-macro.jpeg

काठमाडौं । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाउने निर्णयमा फ्रान्सले भारतको साथ दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग साझा बयानमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जम्मू–कश्मीरबारे चर्चा गर्दै भारत र पाकिस्तानले दुईपक्षीय तरिकाले समाधान खोज्नुपर्ने बताएका छन् । 

उनले यो मामलामा कुनै तेस्रो पक्षले हस्तक्षेप गर्नुपर्ने जरुरी नभएको बताएका छन् । म्याक्रोंले कश्मीरमा शान्तिसंग कश्मीरीहरुको अधिकारको रक्षा गर्नु जरुरी रहेको बताएका छन् । 

भारतीय प्रधानमन्त्री मोदी फ्रान्स यात्रामा रहेका छन् । संयुक्त पत्रकार सम्मेलनअघि दुबैबीच करीव डेढ घण्टा द्धिपक्षीय वार्ता भएको थियो । 

फ्रान्सले राफेल विमान सेप्टेम्बरसम्म दिने बताएको छ । राष्ट्रपति म्याक्रोंले यसबारेमा आफैले जानकारी दिएका हुन् । 

जी–७ मा सहभागी हुन गएका मोदीलाई म्याक्रोंले यसबारे जानकारी दिएका हुन् । सन् २०१६ मा भारतलाई राफेल लडाकु विमानबारे सम्झौता भएको थियो । 

उक्त सम्झौता अनुसार ३६ राफेल लडाकु विमानका लागि भारतले ५८ हजार करोड भारु दिनुपर्ने थियो । à¤°à¤¾à¤«à¥‡à¤² लड़ाकू विमान। (फाइल)

उक्त विमान लिन भारतीय रक्षामन्त्री राजनाथ सिंह र वायुसेना प्रमुख एयर चिफ मार्शल बीएस धनोआ फ्रान्स जानेछन् । 

भारतले केही पाइलटलाई राफेल चलाउने तालिमसमेत दिइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ