arrow

मेस्सीका कारण आफु उत्कृष्ट खेलाडी बनेको रोनाल्डोको खुलासा

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
ronaldo-messi.jpg

एजेन्सी। पोर्चुगल र युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले अर्जेन्टिना र बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले गर्दा आफु राम्रो खेलाडी भएको स्विकारेका छन्। क्रिष्टियानो र मेस्सीको अन्तराष्ट्रीय फुटबलमा गजबको प्रतिस्पर्धा रहेको छ।

एकै समयमा उत्कृष्ट फुटबल खेलाडी द्वयले ५-५ वा बलोन डि’अर जितिकेका छन्। भिन्न क्लब र देशबाट खेल्ने दुई खेलाडी बिचको पर्तिस्पर्धालाई दर्शक र समर्थकहरुले पनि मनोरन्जन गर्ने गरेका छन्।

रोनाल्डोले भने ‘ मलाई कुनै दुविधा छैन की मेस्सीले मलाई एक उत्कृष्ट खेलाडी बन्न चुनौती दिईरहे। उनकै कारणले म राम्रो खेलाडी भएं।‘ उनले अगाडी भेन ‘उनले कुनै ट्रफी जित्दा मलाई घोच्छ र मैले जित्दा पनि उनलाई त्यस्तै हुन्छ होला । यो एक ब्यवसायीक सम्बन्ध हो र १५ बर्षदेखि हामी उस्तै समय बिताईरहेका छौं।‘

रोनाल्डो रियाल मड्रिड र मेस्सी बार्सिलोनामा हुँदा दुई खेलाडीले विश्वको ध्यान आफु तिर आकर्षित गर्ने गरेका थिए। दुई खेलाडीको हरेक गोल, पासहरु लगायत सबै कुराहरुको मिहिन बिश्लेषण हुने गरेको थियो। जुन अहिले अलि पातलिए पनि जारी नै रहेको छ।  

पोर्चुगलको संचार माध्यमसँग कुरा गर्दै रोनाल्डोले भने ‘ मैले स्पेन छोड्दा उनले दुख मनाएका थिए। म उनको टिम र खेलको प्रशंसक हुँ।‘ गत बर्ष रोनाल्डो स्पेनको रियाल मड्रिड छाडेर ईटालीको युभेन्टस गएका थिए।

दुई खेलाडीको निजी जिवन पनि सार्वजनिक चर्चाको बिषय हुने गरेको छ। दुई खेलाडीहरु मैदान बाहिर पनि ब्यक्तिगत जिवनमा बिवादमा आउने गरेका छैनन्। मैदान भित्र जस्तो प्रतिष्ठा मैदान बाहिर पनि कायम गर्न दुई खेलाडी सक्षम रहेका छन्।  

‘अरु धेरै खेलहरुमा खेलाडीहरु बिच हुने प्रतिस्पर्धा जस्तै प्रतिस्पर्धा हो । यो एक स्वस्थ प्रतिस्पर्धा हो।‘ रोनाल्डोले भने।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ