arrow

मोदीको चिया क्रेज, जनतालाई पिलाउदै ममता

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
mamata1.jpg

काठमाडौं । भारतमा राजनेताहरु चियाको बिषयलाई लिएर सधै चर्चामा रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी स्वयम बाल्यवस्थामा चिया बनाएर बस स्टेशन बेच्ने गरेको कुरा खुलासा गर्ने गरेका छन् ।  किशोरावस्थामा एउटा बसस्टप नजिक उनले आफ्नो भाइसँग मिलेर चियापसल थापेका थिए ।

यस्तै केहिसमय अघिसम्म कडा भाषण गर्ने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी मोदीको बाटोमा हिडेकी छन् । उनले आप्नै हातले चिया बनाएर जनताहरूलाई  पिउन दिइरहेकी छन्।

मुख्यमन्त्री बनर्जी तीन दिनको लागि राज्यको पूर्वी मेदिनीपुर जिल्लामा दौडाहामा थिइन्। सो समयमा उनीले मानिसहरूसँग सार्वजनिक सम्बन्ध पनि अघि बढाइ रहेकी छिन् । बुधवार भ्रमणको क्रममा ममता बनर्जी दीघा नजिकैको गाउँ दत्तपुर पुगिन्। त्यहाँ उनको एक फरक रूप देखियो। गाडिबाट उनि सडकको चिया पसलमा पुगेकी थिइन। त्यहाँ उनले स्थानीय जनताको लागि चिया पकाए दिइन्।

चिया बनाइसकेपछि, ममताले जनतासँगै चियाको मज्जा उठाइन् । ममताले ट्विटरमा यससम्बन्धी भिडियो सार्वजनीक गरेकी छन् । भिडियोमा उनलाई स्थानीयले घेरिरहेको देखिन्छ । सो भिडियोमा उनले चिया बनाएको र दिएको देख्न सकिन्छ ।

मुख्यमन्त्री बनर्जीले भिडियोको साथमा लेखिन्, कहिलेकाँही जीवनमा सानो खुशीले हामीलाई खुशी पार्न सक्छ। राम्रो चिया बनाउने र सेवा गर्ने पनि त्यसै मध्ये एक हो। दिघाको दत्तपुर गाउँका मानिसहरुसँग केहि समय कुराकानी भएको उनले उल्लेख गरेकी छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ