arrow

एसिया कप खेल्न नेपाली टोली श्रीलंका जाँदै (नामावली सहित)

बंगलादेश र श्रीलंका चुनौती

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
Cricket-u19-nepal.jpg

काठमाडौं। नेपाली यु-१९ क्रिकेट टोली एसिया कप खेल्नका लागि श्रीलंका जाने भएको छ। नेपाली टोली शुक्रबार श्रीलंकाका लागि प्रस्थान गर्ने भएको छ।

समुह ‘बी’मा रहेको नेपाली टोलीले आयोजक श्रीलंका, बंगलादेश र युएईको सामना गर्ने छ। भदौ १३ गते नेपालको पहिलो खेल श्रीलंका बिरुद्ध रहेको छ। घरेलु मैदान र दर्शकका सामु श्रीलंका टोली बलियो हुने निश्चित छ। नेपालले आफ्नो सतप्रतिशत दिन सकेमा नतिजा आफ्नो पक्षमा पार्न सक्नेछ

नेपालका लागि बंगलादेश पनि चुनौतीका रुपमा रहेको छ। टेष्ट खेल्ने बंगलादेशको उमेर समुहको टोली राम्रो रहेको छ। बंगलादेश बिरुद्ध नेपालले भदौ १५ गते खेल खेल्ने छ।

त्यसैगरि भदौ १७मा युएईसँगको प्रतिस्पर्धामा भने नेपालले राम्रो खेलेमा नतिजा आफ्नो तर्फ पार्न सक्छ।

समुह ‘ए’मा भने भारत, पाकसितान, अफगानिस्तान र कुवेत रहेका छन्। भदौ १२ गतेदेखि प्रतियोगिता शुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा नेपाली टोली श्रीलंका तर्फ जान लागेको हो। नेपालका प्रमुख कोच पुर्व कप्तान बिनोद दास रहेका छन्।

नेपाली टोली एक हप्ता अगाडी पुगेर केहि अभ्यास खेलहरु खेल्ने छ । श्रीलंकामा नेपाली टोलीले आफुलाई एक हप्ता बतावरण र मौसमसँग आफुलाई समाहित गर्न पाउने छन्। यस्को फाईदा खेलमा देखिन सक्छ ।

नेपाली टोली यसप्रकार रहेको छ:

  • रोहित कुमार पौडेल (कप्तान)
  • रित गौतम
  • पवन शर्राफ
  • मोहम्मद आशिफ शेख
  • सन्दिप जोरा
  • भिम सार्की
  • हरिबहादुर चौहान
  • कुशल मल्ल
  • रशिद खान
  • कमल सिंह ऐरी
  • सागर ढकाल
  • कडक बहादुर बोहोरा
  • सुर्य तामाङ
  • लोकेश बहादुर बम
  • प्रतिश जिसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ