arrow

शास्त्री र कोहलीमाथि खनिए गावस्कर

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
sunil-koholi.jpg

काठमाडौं ।  भारतीय क्रिकेट टीमका पूर्व कप्तान सुनील गावस्करले स्पिनर आर अश्विनलाई वेस्टइन्डीज बिरुद्ध पहिलो टेस्ट भन्दा बाहिर राखेकोमा आलोचना गरेका छन्।

अश्विनलाई वेस्टइन्डीजविरुद्ध शानदार रेकर्डको बाबजुद पनि टीमबाट बाहिर राखेकोमा गावस्करले टिम मेनेजमेन्टमाथि प्रहार गरे। उनले प्रशिक्षक रवि शास्त्री र कप्तान विराट कोहलीको टिम चयनमा प्रश्न उठाएका छन् ।

गावस्करले खेलको टिप्पणी गर्दै भने, "टोलीको छनोटले मलाई अचम्मित तुल्यायो।"

आर अश्विनले वेस्टइन्डीजविरुद्ध ११ टेस्टमा ५५२ रन बनाएका छन् ।  जुसमा ४ शतक पनि समावेश छ। विन्डिज टोली बिरुद्धको टेस्टमा उनले ६० विकेट लिएका छन् जसमा उनले ४ पटक विकेट लिएका छन्।

गावस्करले भने, "यस प्रकारको असाधारण रेकर्ड बनाएका खेलाडी विशेष गरी वेस्टइन्डीज बिरूद्ध सबल छन्। उनले प्लेवाइज इलेवनमा  स्थान नपाउनु , यो बिलकुल अचम्म पार्ने कुरा हो। "

यस मामिलामा पहिलो दिनको खेल समाप्त भएपछि उपकप्तान अजिंक्य रहाणेले भने, "अश्विन जस्ता ठूला खेलाडीलाई टीमबाट टाढा राख्नु अत्यन्तै दुखको कुरा हो । तर टोली व्यवस्थापनले जहिले पनि सबै भन्दा राम्रो संयोजनको बारेमा सोच्छ।'

रहाणेले थपे, "उनिहरुले महसुस गरे कि जडेजा यस विकेटमा राम्रो विकल्प हुनेछन र हामीलाई पनि छैटौं ब्याट्सम्यान चाहिएको थियो। विहारीले यो ट्र्याकमा बलिङ गर्न सक्दछन्। त्यो कुरा कप्तान र कोचको बीचमा भयो। अश्विन र रोहित जस्ता खेलाडीलाई आउट गर्नुपर्दा दुख हुन्छ तर यो सम्पूर्ण टोलीका लागि नै  भएको हो । "



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ