arrow

भारतमा आकाशे पुल भत्किँदा दशको मृत्यु, कयौँ च्यापिएको अनुमान

logo
एएफपी,
प्रकाशित २०७२ चैत १८ बिहिबार
kolkata.jpg.jpeg
नयाँ दिल्ली। भारतको कोलकातामा बिहीबार  आकाशे पुल (फ्लाईओभर) भत्किँदा कम्तीमा पनि दशजनाको ज्यान गएको  छ। भारतीय उत्तरी राज्य कोलकातामा निर्माणाधीन अवस्थामा रहेको सो आकाशे पुल भत्किँदा दशको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। अधिकारीहरुकाअनुसार भत्किएको सो स्थानमा कैयौँ व्यक्ति पुरिएर रहेका पाइएको बताइएको छ। उक्त भत्किएको संरचनाबाट कम्तीमा पनि दशवटा शव निकालिएको छ। 
त्यसभित्र कतिजना व्यक्ति पुरिएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको बताइएको छ।
 
बिहीबार बिहान सो दुर्घटना भएको बताइएको छ। कैयौँ व्यक्तिलाई उद्वार गरी नजिकैको अस्पतालमा पुर्‍याइएको छ। अस्पतालमा भर्ना भएका व्यक्तिको अवस्था पनि निकै नै गम्भीर रहेको बताइएको छ। पुरिएकामा उक्त पुल निर्माण कार्यमा सम्लग्न मजदुरहरु नै बढी मात्रामा रहेका देखिएको छ। स्थानीय टेलिभिजन च्यानलहरुले उक्त निर्माण कार्यमा सम्लग्न व्यक्तिहरु धेरै चेपुवामा परेका बताएका छन्। 
 
अहिले उक्त स्थानमा उद्वारको कार्य भइरहेको छ। टिभी च्यानलहरुले घटनास्थलमा धुवाँ उडेको र ठूलो सङ्ख्याका नागरिक उद्वार कार्यमा सम्लग्न भएका देखाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ