arrow

पाकिस्तानको नाम कालोसूचीमा 

मुद्रा अपचलन र आतंकवाद लगानी रोक्ने काम नगरेकोमा राखियो कालोसूचीमा

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
pakistan-flag.jpg

काठमाडौं । फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) को क्षेत्रीय सम्बद्ध एसिया प्यासिफिक समूह (एपीजी) ले पाकिस्तानलाई कालोसूचीमा राखेको छ । 

आफ्नो मापदण्ड पूरा गर्न नसकेको भन्दै एपीजीले पाकिस्तानलाई कालोसूचीमा राखेको हो । 

एपीजीको क्यानबेरामा भएको बैठकले पाकिस्तानलाई मुद्रा अपचलन र आतंकवाद लगानीमा ४० वटा मानकमध्ये ३२ वटाको पालना नगरेको भन्दै कालोसूचीमा राखेको हो । 

दुई दिनसम्म चलेको सात घण्टा लामो बैठकले पाकिस्तानलाई कम अंक दिएरै कालोसूचीमा राखेको हो । 

एफएटीएफ एक अन्तर सरकारी निकाय हो जसलाई फ्रान्सको राजधानी पेरिसमा जी–७ समूहका देशहरुले सन् १९८९ मा स्थापित गरेका थिए । यसको अन्तर्राष्ट्रिय स्तरमा मुद्रा अपचलन, सामूहिक विनाशका लागि हतियारको प्रसार तथा आतंकवादका लागि भएको लगानीबारे निगरानी राख्नु हो । 

यसका साथै यसले आर्थिक विषयमा कानुनी, विनियामक र परिचालनका उपायका बारेमा प्रभावकारी ढंगले कार्यान्वयनका लागि प्रोत्साहन गर्ने गर्दछ । 

एफएटीएफमा ३९ सदस्यहरु छन् । जसमा ३७ सदस्य देश र दुई क्षेत्रीय संगठन सामेल छन् । 

पाकिस्तान यो संगठनको सदस्य राष्ट्र हैन । एफएटीएफले आफूले दिएको सिफारिसलाई लागु गर्ने देशहरुको प्रगतिको निगरानी गर्ने गर्दछ । 

पाकिस्तानी अर्थ मन्त्रालयले एफएटीएफको मिडिया रिपोर्टलाई गलत भन्दै आधारहीन र गलत संज्ञा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ