arrow

रोहिङ्ग्यालाई फिर्ता गर्न नसक्नु बङ्लादेशको कमजोरी : म्यानमार

logo
एएफपी,
प्रकाशित २०७६ भदौ ७ शनिबार
rohingya-sea-full.jpg

याङ्गुन। दोस्रो पटक पनि शुक्रबार रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फर्काउन असफल भएकोमा म्यानमारले बङ्लादेशलाई दोष लगाएको छ।

स्वदेश फर्किन एक जना रोहिङ्ग्या शरणार्थीले पनि सहमति नजनाएपछि त्यसमा बङ्लादेश नै दोषी रहेको म्यानमारले आरोप लगाएको हो।

म्यानमारको सेनाले रखाइन राज्यमा रहेका बेला निर्दयी र अमानवीय व्यवहार गरेकाले आफूहरू त्यहाँ बस्न नसकेर विस्थापित हुनुपरेको शरणार्थीहरुले बताएका छन्।

राष्ट्रसंघीय अधिकारीहरूका अनुसार म्यानमारबाट ७ लाख ४० हजार रोहिङ्ग्याहरु विस्थापित भएर छिमेकी मुलुक बङ्लादेश गइ बसेका छन्।

म्यानमारको राखिने राज्यमा मुस्लिम र बौद्ध धर्माबलम्बीहरूबीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीहरूले जनाएका छन्।
 
विस्थापित भएका रोहिङ्ग्याहरूलाई बङ्लादेशमा शिविर बनाएर राखिएको छ। त्यहाँ उनीहरूलाई शिविर रहेको क्षेत्र भन्दा बाहिर हिड्ने स्वतन्त्रता दिइएको छैन।

शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै दुई देशकाबीचमा सम्झौता भएको थियो। तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरूले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन्।

पछिल्लो पटक गत बिहीबार तीन हजार ५०० शरणार्थीहरुलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको दुबै देशका अधिकारीले बताएका थिए। तर शरणार्थीहरूले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास पनि अर्थहिन भएको छ।

म्यानमारको विदेश मामिला मन्त्रालयले शुक्रबार फेरि दोषारोपणको क्रमलाई निरन्तरता दिएको छ। बङ्लादेशको तर्फबाट कागजपत्र बनाउने र प्रमाणीकरण फाराम बनाउने कार्यमा भएको त्रुटी, विवादास्पद परिचयपत्रलगायतका कारणले शरणार्थीहरु फर्किन आनाकानी गरिरहेको म्यानमारको विदेश मन्त्रालयको आरोप छ।

“यो प्रक्रियाले उनीहरूलाई विश्वस्त तुल्याउन सकेको छैन,” मन्त्रालयका एक अधिकारीले भने। मन्त्रालयले शरणार्थीहरुलाई स्वदेश फर्काउन चीन र जापानले समेत सहजीकरण गरेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ