arrow

भारतका पूर्व वित्‍त मन्त्री अरुण जेटलीको निधन

logo
प्रकाशित २०७६ भदौ ७ शनिबार
arun-jaitley.jpg

एजेन्सी। बीजेपीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको शनिवार निधन भएको छ। उनी  ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका थिए।

एम्‍सद्वारा जारी गरिएको प्रेस रिलीजका अनुसार अरुण जेटलीको निधन शनिवार अपरान्न १२ बजेर ७ मिनेटमा भएको हो।

नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालका विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको तीन साता पनि नबित्दै सोहि सरकारका वित्‍त मन्त्री जेटलीको निधन भएको हो। स्वराजको साउन २२ गते निधन भएको थियो।

जेटली भाजपाका प्रभावशाली नेता तथा विपक्षीमाथी तार्किक प्रहार गर्न सक्ने नेता मानिन्थे। उनी सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री थिए। उनले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हालेका थिए।

मोदीको पहिलो कार्यकालमा जेट्लीले वित्तमन्त्री हुँदा नोटवन्दी, जीएसटी र जनधन योजना लागू गराउन महत्वपूर्ण योगदान गरेका थिए।

जेट्लीको निधनमा भारतीय जनता पार्टी सहित अन्य राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन्।  भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

मध्यपूर्वका देशहरुको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेटलीको पत्नी र छोरालाई फोन गरेर शोक व्यक्त गरेका छन्। जवाफमा परिवारका सदस्यहरुले विदेशको भ्रमण रोकेन नफर्कन आग्रह गरेका छन्। 

गृहमन्त्री अमीत शाहले जेट्लीको निधनमा शोक व्यक्त गर्दै आफ्नो लागि व्यक्तिगत क्षती भएको जनाएका छन्। रक्षामन्त्री राजनाथ सिंहले सहकर्मी जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। 

विपक्षी नेतृहरु ममता वनर्जीले पनि जेटलीको निधनमा शोक प्रकट गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ