- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसीसेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले हात पारेको छ ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै कीर्र्गिस्तानले उपाधि हात पारेको हो ।
कीर्र्गिस्तान २६–२४, २७–२५ र २५–१९ ले विजयी भयो । सेमिफाइनलमा कीर्र्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो । यस्तै उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो ।
सात टोलीले सहभागीता जनाएको प्रतियोगितामा नेपाल पाँचौं भयो । नेपालले अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तान छैटौं भयो भने जितविहीन बंगलादेश सातौं भयो ।
एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौथो भएको थियो ।