प्रेस काउन्सिलद्वारा एविसी टिभीलाई कार्वाहीको चेतावनी
प्रकाशित मिति : २०७२ चैत १८ बिहिबार

काठमाडौं। प्रेस काउन्सिल नेपालले मिति २०७२/१२/१८ गते एविसी टिभीलाई एक पत्र पठाई कार्वाहीको चेतावनी दिएको छ। उक्त टेलिभिजनमा चैत्र १७ गते सिके राउतसंगको अन्तर्वार्ताका क्रममा प्रसारित सामग्रीले पत्रकार आचारसंहिता, ०६० (संशोधित तथा परिमार्जित–०६४) को दफा ४, उपदफा (१) को ठाडो र गम्भीर उल्लंघन भएको भन्दै ३ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
बेलुकी ६ बजेदेखि प्रसारित अन्तर्वार्ता कार्यक्रमका सामग्रीले सार्वभौमसत्ता, अखण्डता, सामाजिक सद्भाव, र जातजाति बीचको सुसम्वन्धमा खलल् पुर्याएको काउन्सिलको ठहर छ। यो निर्देश अनुरुप नगरेमा थप कारबाही हुने वताउँदै यस विषयमा केही प्रतिक्रिया भए सो र अभिलेख सहित पत्र प्राप्त भएको मितिले ३ (तीन) दिनभित्र उपस्थित हुन निर्देश गरिएको छ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">