arrow

मोदीले पीडा पोखे –म टाढा छु मेरा साथी अरुण रहेनन्

राष्ट्रपति रामनाथ कोविन्दले भने – जेट्ली राम्रा वकिल, परिपक्व सांसद तथा उत्कृष्ट मन्त्री थिए 

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
kovind-jetley-expiry.jpeg

काठमाडौं। भारतीय पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पीडा पोखेका छन्। मोदीले बहराइनमा भारतीय समुदायलाई सम्वोधन गर्दै भने, ‘म एक पीडा दवाएर तपाईहरुको बीचमा खडा छु। विद्यार्थीकालदेखि सार्वजनिक जीवनमा हामीहरु संगसंगै हिँड्यौं। हरपल आपसमा मिलेर नै अगाडि बढ्यौं।’ मोदीले जुन साथीसंग सबै गरियो उनले आज देश छोडेको भनेका छन्। उनले यो क्षण द्धिविधाका क्षण भएको बताए। 

उनले श्रद्धाञ्जली दिँदै भने –ईश्वर उनको परिवारलाई शक्ति देउन्। मोदीले त्यसअघि जेट्लीकी पत्नी र छोरासंग फोनमा कुराकानी गरेका थिए।अरुण जेट्ली गत अगष्ट ९ देखि एम्स अस्पतालमा भर्ती भएका थिए। शनिबार दिउँसो स्थानीय समय अनुसार दिउँसो १२ः०७ बजे अन्तिम सास लिएका थिए। उनको सफ्ट टिस्यू क्यान्सरको उपचार चलिरहेको थियो। ६६ वर्षको उमेरमै निधन भएका जेट्लीलाई मृगौला प्रत्यारोपण गरेपछि क्यान्सर भएको थियो। 

आइतबारको कार्यक्रम
उनको पार्थिव शरीरलाई उनकै आवासमा राखिएको छ । आइतबार बिहान १० बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा राखिने छ। दिउँसो निगमबोधघाटमा अन्तिम संस्कार गरिने बताइएको छ। जेट्लीको निधनप्रति धेरैले दुःख व्यक्त गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले भनेका छन् – जेट्ली राम्रा वकिल, परिपक्व सांसद तथा उत्कृष्ट मन्त्री थिए। 

जेटलीको आवासमा पुगेर शनिबार नै राष्ट्रपति कोविन्द, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, निर्मला सीतारमण, लालकृष्ण आडवाणी, काँग्रेस नेताहरु मनमोहन सिंह, राहुल गांधी, सोनिया गांधी, मिलिंद देवड़ा, जेपी नड्‌डा, रामविलास पासवान, चिराग पासवान, प्रकाश जावड़ेकर, अरविंद केजरीवाल, योगी आदित्यनाथ, नवीन पटनायक, ज्योतिरादित्य सिंधिया, विजेंद्र गुप्ता, शाजिया इल्मी, शाहनवाज हुसैन, मनोज तिवारी, गौतम गंभीर, एस जयशंकर, डॉ हर्षवर्धन लगायतका नेता श्रद्धाञ्जली दिन पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ