arrow

सात लाख ४० हजार शरणार्थी रोहिंग्या मुस्लिम म्यानमार फर्काउन बंगलादेश असफल

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
rohingya1.jpg

काठमाडौं । बंगलादेश सरकार म्यानमारका शरणार्थीलाई म्यानमार फर्काउन असफल भएको छ । बंगलादेशमा रहेका रोहिंग्या मुस्लिमहरुलाई स्वदेश फर्काउन असफल भएका भन्दै म्यानमारले बंगलादेशको आलोचना गरेको छ । 

बंगलादेशले पहल नगरेका कारण उनीहरु स्वदेश नफर्केको म्यानमारको आरोप छ ।

बंगलादेशले भने आर्थिक अभावका कारण उनीहरुको उचित व्यवस्थापन गर्न नसकेको स्पष्ट पार्दै बारम्बार स्वदेश फर्काउने प्रयास गरेको स्पष्ट पारेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा ७ लाख ४० हजार रोहिंग्याहरु शरणार्थीका रुपमा रहेका छन् । 

बंगलादेश सरकारले शरणार्थीलाई स्वदेश फर्काउन बसको व्यवस्था गरेपनि कुनै पनि शरणार्थी स्वदेश फर्कन नमानेको बताइएको छ ।

म्यानमारले नै पहिले शरणार्थी लैजान असमर्थता जनाए पनि अहिले आएर विदेश मन्त्री अब्दुल मोमिनले बीबीसीसंगको कुराकानीमा बंगलादेशले नपठाएको आरोप लगाए । 

आङ साङ सुकीको सरकारले रोहिन्ग्यालाई लखेटेपछि उनले पाएको मानवअधिकारको पुरस्कार समेत खोसिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ