arrow

भाजपाका सात दिग्गज नेताहरुको एक वर्षभित्रै निधन

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
bjp-leaders-expiry.jpg

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका सात दिग्गज नेताहरुको एक वर्षको अवधिमा मृत्यु भएको छ । 

सन् २०१८ को अगष्टदेखि अहिलेको अगष्टसम्मको अवधिमा सात जनाले प्राण त्यागेका हुन् । 

यसलाई सत्तारुढ भाजपाका लागि ठूलो क्षति मानिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सबै जनाबाट केही न केही सरसल्लाहबाटै सरकार चलाउने गरेको दावी गरिन्छ । 

यो धर्ती छाड्ने क्रियाको सुरुआत अटल बिहारी बाजपेयीले गरेका थिए । पूर्व प्रधानमन्त्री बाजपेयीको लामो समयको जीवन मरणको संघर्षपछि १६ अगष्ट २०१८ मा ज्यान गएको थियो । 

सन् २०१९ को मार्च १७ मा पूर्व रक्षामन्त्री एवं गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको थियो । उनी क्यान्सरबाट पीडित थिए । 

६ अगष्ट २०१९ मा पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भयो । उनको मृगौला प्रत्यारोपण भएको थियो । 

त्यस्तै पूर्व अर्थमन्त्री अरुण जेट्लीको २४ अगष्ट २०१९ मा निधन भयो । उनी पनि मृगौला पीडित थिए । मृगौला प्रत्यारोपण भएको थियो । 

सुषमा सन् २०१४ देखि २०१९ सम्मको नरेन्द्र मोदी सरकारको पालाकी विदेशमन्त्री थिइन् । स्वास्थ्यकै कारण उने लोकसभा चुनाव लडिनन् । 

सुषमालाई सबैले दिदी भन्दै आएका छन् । उनले विदेश मन्त्रालयलाई आम मानिसको करीव पुर्याउन योगदान दिएको विश्लेषण गरिन्छ । 

उनले विदेशमन्त्री हुँदा ऐतिहासिक निर्णय लिएको भन्दै प्रशंसा भइरहन्छ । उनले ट्वीटरमार्फत सबै जानकारी दिने गर्थिन् । 

यसअघि मार्चमा रक्षामन्त्री पर्रिकरले क्यान्सरसंगको लडाइँ हारेका थिए । उनले आफू बिरामी हुँदै गोवाको बजेट पेश गरेका थिए । उनकै कार्यकालमा भारतीय सेनाले उरी हमलाको बदला लिन सर्जिकल स्ट्राइक सफल पारेको थियो । 

यी नेताहरुले भारतीय जनता पार्टीलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

त्यसैगरी यसैवर्ष दिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको पनि निधन भएको छ । भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री भइसकेका अनन्त कुमारको पनि निधन भएको छ । 

मध्यप्रदेशका मुख्यमन्त्री तथा भाजपाका वरिष्ठ नेता बाबूलाल गौरको पनि यही अगष्टमा निधन भएको थियो । 

भाजपामात्र हैन कांग्रेसकी वरिष्ठ नेतृ तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितको निधन भएको थियो । सात जना भाजपा नेताहरुले एकै वर्ष ज्यान गुमाउँदा भने भाजपालाई ठूलो नोक्सानी भएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ