arrow

विदा धेरै भो ! अब देखि लोकतन्त्र दिवसमा सार्वजनिक विदा नहुने

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
Singha-Darbar.jpg.jpeg
काठमाडौं । सरकारले नयाँ वर्ष देखि वैशाख ११ गतेका दिन मनाइने लोकतन्त्र दिवसमा दिँदै आएको सार्वजनिक विदा कट्टा गरिदिएको छ । मन्त्रिपरिषद्को प्रस्तावलाई स्वीकृत गर्दै सामाजिक समितिले वैशाख ११ गतेको विदा कट्टा गरेको हो । लोकतन्त्र दिवसको विदा कट्टा भएकामा उता, संविधान दिवसको विदा थपिएको छ । असोज ३ गते संविधान जारी भएको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
 
सरकारले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसको विदालाई भने चलाएको छैन । गृहमन्त्रालयका प्रवक्ता एवं सह–सचिव यादव कोइरालाले दिवस धेरै भएकाले कट्टा गरेको हुन सक्ने बताए । उनले भने, ‘संविधान पनि लोकतन्त्रको एक अंक भएकाले लोकतन्त्र दिवसको सार्वजनिक विदा कट्टा भएको हुन सक्छ ।’ वेवसाइटमै कुन विदा कहिले ? कुन थपियो कुन् घट्उयो भन्ने सबै विवरण राखिएको छ । यसअघि, विदाको विषय नटुंगिदा नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई पात्रो प्रकाशन गर्न कठिनाई भएको थियो । २०६३ साल वैशाख ११ गत लोकतन्त्र वहाली भएको दिनको सम्झनामा त्यसपछिका  हरेक वर्षमा सार्वजनिक विदा हुँदै आएको थियो । 
 
वर्षभरी धेरै विदा देखिने भएपछि अनावश्यक विदा हटाउनुलाई अस्वभाविक मान्न नहुने मन्त्रालयका सह–सचिव विनोद केसी बताउँछन् । क्षेत्रीय दिवस र सवै जात्रा तथा पर्वले सरकारी अड्डालाई नछुने बताउँदै केसीले वर्षमा ३६ दिन मात्रै अड्डा बन्द हुने जानकारी दिए ।शनिबारसहित ८६ दिन विदा हुन्छ, केसीले भने, ‘शनिबार बाहेकका विदा कट्टा गर्नु नै राम्रै हो, विदा कट्टा गर्नुलाई अस्वभाविक मान्ने कुनै कारण छैन, लोकतन्त्र दिवसको विदा कट्टा भयो भन्दैमा दिवसै नमनाउने भन्ने पनि होइन, दिवस मनाइन्छ, विदामात्रै कट्टा भएको हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको फाल्गुनन्द दिवसको विदा अब किंरात कर्मचारीलाई मात्र हुने भएको छ । शुक्रबार समम्म राजपत्रमा प्रकाशित भएको जानकारी समेत आइसक्ने केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ