arrow

सन्यास लिएका मलिंगा बने श्रीलंकाको कप्तान

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
Lasith-Malinga.jpg

काठमाडौं ।  न्युजील्याण्ड क्रिकेट टीम श्रीलंका बिरूद्ध दुई टेस्ट श्रृंखलापछि तीन मेचको टी २० सीरीज खेल्नेछ। यस श्रृंखलाको पहिलो खेल १ सेप्टेम्बरमा खेल्नेछ।

श्रीलंकाले न्युजिल्यान्ड बिरूद्ध यो टी २० सीरीजका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ।

यस टोलीको कप्तानन हालै एकदिवसीय क्रिकेटबाट बिदाइ गरिएका लसिथ मलिंगालाई हस्तान्तरण गरिएको छ। मलिंगाले केहि दिन अघि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट विदा लिएका थिए ।

उनले टी २० क्रिकेटबाट सन्यास लिएका थिएनन् । टी २० टोलीमा अविष्का फर्नान्डोलाई समेटिएको छ ।  जसलाई न्युजील्याण्डबिरूद्ध श्रीलंकाको टेस्ट टीममा मौका दिइएको थिएन । अविष्काले विश्वकपको चार खेलमा २३० रन बनाएका थिए ।

न्युजील्यान्ड बिरूद्ध घोषणा गरिएको १५ सदस्यीय टी २० टोली एकदम दह्रो देखिन्छ। यस टोलीमा युवा र सिनियर खिलाडीहरूको मिश्रण छ। टिममा व्याटिङगर्ने जिम्मेवारी कुसाल मेंडिस र कुसल परेरा जस्ता ब्याट्सम्यानको हुनेछ।

 त्यस्तै, २०१६ मा श्रीलंकाको लागि अन्तिम टी २० खेलेका सेहन जयसूर्यालाई पनि टोलीमा समावेश गरिएको छ। यसबाहेक टोलीसँग धनुषा गुणथिलाका र निरोशन डिकवेलाबाट पनि ठूलो आशा छ।

टी २० सीरिजका लागि श्रीलंका टीमको बलिङ एकदमै शानदार देखिन्छ। लसिथ मलिंगा बाहेक, टोलीसँग ईसुरु उडाना, कुसन राजिता र लाहिरु कुमारा जस्ता बलर छन्। स्पिनको जिम्मेवारी अकिला धनन्जय र लक्षण सन्दकनको हातमा हुनेछ। टोलीलाई सान्दानबाट ठूलो आशा छ।

टी २० सीरिजमा श्रीलंकाको टीली

लसिथ मलिंगा (कप्तान), निरोशन डिकवेला, अविष्का फर्नांडो, कुसल परेरा, धनुषा गुणथिलाका, कुसल मेंडिस, सेहन जयसूर्या, दासुन शनाका, वनिन्दु हसरंगा, अकीला धनंजया, लखन संडाकन, ईसुरु उदाना, कासुण राजिता, लाहिरु कुमार।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ