arrow

इंगल्याण्डको सनसनीपूर्ण खेल, अष्ट्रेलियालाई हरायो एक विकेटले 

पहिलो इनिङमा ६७ रनमै रोकिएको इंगल्याण्डले रच्यो इतिहास

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
england-aus.jpg

काठमाडौं । अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इंगल्याण्डले सनसनीपूर्ण जित निकाल्न सफल भएको छ । 

लिड्समा भएको खेलमा ३५९ रनको विजयी लक्ष्य पछ्याएको इंगल्याण्डले ९ विकेटको नोक्सानीमा पुरा गर्यो । 

कुनै समय २८६ रन बनाउँदा ९ विकेट गुमाइसकेको इंगल्याण्डले दशौं विकेटका लागि ज्याक लिचले १७ बल खेल्दै नटआउट १ रन बनाउँदै बेन स्टोक्सलाई साथ दिए । 

स्टोक्सले २१९ बलमा ८ छक्का र ११ चौकाको मद्धतमा नटआउट रहँदै १३५ रन बनाए । 

कुनै समय जित नजिक पुगिसकेको इंगल्याण्डले निरन्तर विकेट गुमाएपछि हार निश्चित जस्तै बनेको थियो । 

इंगल्याण्डको जितको इनिङमा कप्तान जो रुटले ७७ र जो जेन्लीले ५० रन बनाए । जोस हाज्लेवुडले ४ विकेट लिए । 

पहिलो इनिङमा ६७ रनमै अलआउट भएको इंगल्याण्डले खेल जितेर क्रिकेटमा जस्तो पनि परिणाम आउन सक्ने आंकलनलाई थप पुष्टि गरेको छ । 

यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा १७९ र दोस्रो इनिङमा २४६ रन बनाएर इंगल्याण्डलाई ३५९ रनको लक्ष्य दिएको थियो । 

यो खेलपछि पाँच खेलको एसेज सिरिजमा १–१ को बराबरी भएको छ । पहिलो खेल अष्ट्रेलियाले जितेको थियो भने दोस्रो खेल बराबरीमा सकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ