arrow

ग्रिजम्यान चम्किँदा जित्यो बार्सिलोना

लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले बिना नै जित्न सफल

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
griezmann1.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना खेलमा फर्किएको छ । पहिलो खेलमा पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा आइतबार राति रियाल बेटिसलाई ५–२ को गोल अन्तरले हराएको हो । 

Antoine Griezmann marked his home debut with two goals as Barcelona beat Betis 5-2

ग्रिजम्यानले दुई गोल गरेर टिमलाई जिताएका हुन् । 

The forward moved to Barcelona in a £107 million deal from Atletico Madrid this summer

गत जुलाईमा १०७ मिलियन पाउन्डमा बार्सिलोना गएका ग्रिजम्यानले घरेलु मैदान नोउ क्याम्पमा भएको डेब्यु खेलमा आफ्नो प्रभाव छाड्न सफल रहे । 

मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले बिना मैदानमा उत्रिएको बार्सिलोनालाई ग्रिजम्यानले खुशी तुल्याए ।

यो सिजनको पहिलो खेलमा बिलबाओ विरुद्वको खेलमा ग्रिजम्यानले खासै राम्रो खेल्न सकेका थिएनन् । सोही कारण उनी दबाबमा समेत थिए ।

बार्सिलोनाका लागि कार्लोस पेरेज, जोर्डी अल्बा र अतुर्रो भिडालले एक एक गोल गरे । 

The impressive Carles Perez scored a fine goal to make it 3-1 to Barcelona on 56 minutes

खेलको पहिलो र अन्तिम गोल भने रियाल बेटिसले गरेको थियो । पहिलो गोल नाबिल फिकिरले तथा अन्तिम गोल मोरोनले गरेका थिए । 

आइतबार रातिका अन्य खेलको नतिजा 
डेपोर्टिभो एलाभेस ०–० स्पानियोल
मयोर्का ०–१ रियाल सोसिडाड (मार्टिन ओडेगार्ड) 
लेगानेस ०–१ एथलेटिको मड्रिड (भिटोलो)

अंक तालिका–
दोस्रो चरणको समाप्तिसम्म सेभिया र एथलेटिको मड्रिड दुवै खेल जितेर ६–६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । 

रियाल मड्रिड, रियाल भल्लाडोलिड, एथलेटिको बिलबाओ, रियाल सोसिडाड, ओसासुना र डेपोर्टिभो अलाभेसको ४–४ अंक छ । 

नवौं स्थानको बार्सिलोना, मयोर्का, लेभान्ते र सेल्टाभिगोको ३–३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ