arrow

पीएसजी लयमा फर्कियो, नेयमार अझै अलमलमा, एम्बाप्पे र काभानी घाइते

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
psg6.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले नेयमार बिना नै शानदार जित निकालेको छ । 

ब्राजिलियन स्टार नेयमारले पीएसजी छाड्ने तयारी गरेसंगै उनलाई मुख्य प्रशिक्षकले मैदानमा उतारेका छैनन् । 

PSG defender Marquinhos celebrates with Angel di Maria after scoring a goal

आइतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४–० को फराकिलो गोल अन्तरले हरायो ।

The teams were level at 0-0 until 50 minutes, but that was when the floodgates opened

यो खेलमा मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र इडिसन काभानी घाइते भएका छन् । पहिलो हाफमा काभानी चोट बोक्दै मैदान बाहिरिएका थिए ।

Matthieu Goncalves, making his pro debut, turned an attempted clearance into the net

एम्बाप्पे दोस्रो हाफमा तिघ्रामा समस्या आएपछि मैदानबाट बाहिरिएका थिए ।

On a night where Neymar was left out of the squad, other players had to step up

एन्जल डी मारियाले पेनाल्टी खेर फाल्दा समेत घरेलु मैदानमा पीएसजीले सहज जित निकाल्न सफल भयो । 

एरिक मेक्सिम चौपो मोटिङले २ गोल गरे भने माक्विनोसले १ गोल थपे । 

Eric Maxim Choupo-Moting scored a second-half brace to lead PSG to victory in the match

खेलमा गोन्साल्वेसले आत्मघाती गोल गरेपछि पीएसजीलाई फाइदा भएको थियो । 

अंक तालिका 
रेन्नेस ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । लियों ६ अंकसहित दोस्रो स्थानमा छ । पीएसजी ६ अंकबाटै तेस्रो स्थानमा छ । चौथो स्थानको निसको पनि ६ अंक नै छ । पाँचौ स्थानको एंगर्सको पनि ६ अंक छ । छैटौं स्थानको ब्रेष्टको ५ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ