arrow

पाकिस्तान भारतसंग युद्धको तयारीमा ? 

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
jammu-kashmir-attack.jpg

काठमाडौं । जम्मू–कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि भारत र पाकिस्तानबीचको सम्बन्धमा तितोपन बढेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विश्वसामु कश्मीर मुद्दाबारे कुटनीतिक मद्धतको अपिल गरिरहेका छन् । 

बाहिरी दुनियाँमा खानले अपिल गरिरहँदा भित्री रुपमा भने पाकिस्तानी सेनाले गोप्य रुपले पीओकेमा आफ्नो गतिविधि बढाइरहेको छ । 

बालाकोट हमलाबाट पाठ सिकेर पाकिस्तानी सेनाले यसपटक सोचेरसम्झेर रणनीति बनाइरहेको छ । यसका लागि घाटीबाट ३७० हटाउनुभन्दा अघिल्लो दिनदेखि पाकिस्तानी सेना एलओसीमा सक्रिय भइरहेको छ । 

पाकिस्तानी सेनाको विश्वस्त सूत्रका अनुसार सेना भारतसंग एक छोटो युद्धको तयारीमा जुटेको छ । आर्मीका अफिसर कश्मीरको पहिचान बदलिएपछि सैन्य जवाफ दिने तयारीमा रहेको बुझिएको छ । 

पाकिस्तानी सेनाका एक कमान्डिङ अफिसरका अनुसार अहिलेको सक्रियता कुनै युद्धको तयारीभन्दा कम छैन । 

एलओसीबाट नजिक गोलाबारुद तथा विभिन्न हातहतियार जम्मा गर्नु समान्य हैन । यो स्थितिले युद्ध कुनै पनि बेला हुन सक्छ । 

पाकिस्तानी उच्च सूत्रका अनुसार एलओसीका हर क्षेत्रमा सेनाको ६ ब्रिगेड खटिएको छ । 

सेनाको मुख्य निशाना दाना र बाघ क्षेत्रमा रहेको बताइएको छ । यी क्षेत्र तार्किक र रणनीतिक रुपले अहम् छन् । यिनै ब्रिगेडलाई हेभी आर्टिलरी पुर्याइएको छ । 

सबै भन्दा हेभी आर्टिलर बाघ, लीपा र चम्ब सेक्टरमा जुटाइएको छ । 

पाकिस्तानी फौजका एक उच्च अधिकारीका अनुसार युद्ध कहिले सुरु हुन्छ थाहा छैन । तर यो सत्य हो कि भारत र पाकिस्तानका सेना युद्धका लागि तयारी अवस्थामा छन् । 

यो घटना सेप्टेम्बर र अक्टोबरको बीचमा हुने दावी गरिएको छ । त्यसपछि जम्मू–कश्मीरमा हिउँ पर्न थाल्छ । पाकिस्तानी सेनाका अनुसार हिउँ पर्नुभन्दा अगाडि भारत उनीहरुलाई नीलम नदी पछाडि धकेल्न चाहन्छ । (भास्करडटकमबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ