arrow

मकाउको पाँचौँ प्रमुख प्रशासकमा ह यि छङ निर्वाचित

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ ९ सोमबार
macau-map.jpg

मकाउ। मकाउ बिशेष प्रशासनिक क्षेत्रको पाँचौँ प्रमुख प्रशासकका रूपमा ह यि छङ निर्वाचित भएका छन्।सम्पन्न व्यापारी परिवारमा सन् १९५७ मा मकाउमा जन्मिएका ह ले सन् २००४ देखि २००९ सम्म मकाउको कार्यकारी परिषद्का सदस्यका रूपमा काम गरेका थिए भने सन् २०१३ र सन् २०१७ को अक्टोबरमा दुई पटकसम्म व्यवस्थापिका संसदको अध्यक्ष निर्वाचित भएका थिए।

चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको उप प्रमुख र स्थायी समिति सदस्यसमेत बनेका उनले निर्वाचन लड्ने भएपछि स्थायी समितिबाट राजिनामा दिएका थिए।

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले आइतबार नै ह मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासक निर्वाचित भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।

प्रवक्ता याङले प्रमुख प्रशासकको निर्वाचन “जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन“र मकाउ विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनबमोजिम गरिएको बताउँदै यस पटकको निर्वाचनले खुलस्त, न्यायिक र निष्पक्ष सिद्धान्त देखाएको कुरा बताए।

प्रवक्ता याङकाअनुसार, केन्द्रीय सरकारले निर्वाचनसम्बन्धी मकाउ विशेष प्रशासनिक क्षेत्रको प्रतिवेदन पाएपछि कानूनबमोजिम नियुक्तिको कार्यलाई कार्यान्वयन गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ