arrow

सुरक्षाबलको कारबाहीपछि तालिबान कब्जा रहेका पन्ध्र व्यक्ति रिहा

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ ९ सोमबार
us-army-afghanistan.jpg

अफगानिस्तान। अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन्। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा गएको राती अफगान विशेषबलले तालिबान लडाकूविरुद्ध शुरु गरेको कारबाहीको क्रम आठ सैनिक र सात सर्वसाधारण रिहा भएका हुन्। यस कारबाहीको क्रममा तालिबान लडाकू समूहको विस्फोट पदार्थको भण्डार पनि ध्वस्त गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

लडाकूबाट मुक्त गराइएका ती व्यक्तिहरुलाई सेनाको शिवीरमा ल्याइएको र उनीहरुको चिकित्सकद्धारा शाररिक जाँच शुरु गरिएको जारी विज्ञप्तिमा जनाइएको छ।  इमाम साहिब जिल्ला भरी नै तालिबान लडाकू समूहले बारम्बार सर्वसाधारण नागरिक र डियुटीमा नभएका अवस्थाका सेनालाई अपहरण गर्ने गरेका छन्।  बिशेष सेनाको यस कारबाहीको बिषयमा तालिबान लडाकू समूहले भने केही टिप्पणी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ