arrow

रिपोर्टर्स क्लबको चौथो कार्यकालका लागि फेरि पनि धमला सर्वसम्मत

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
reporters-club.jpg.jpeg
काठमाडौ। रिपोर्टर्स क्लब नेपालको चौथो महाधिवेशन चार वर्षकोलागि नयाँ केन्द्रीय कार्य समिति चयन गर्दै विहीबार सम्पन्न भएको छ। चौथो कार्यकालका लागि पनि अध्यक्षमा ऋषि धमला सर्वसम्मत भएका छन्। ७५ जिल्ला शाखाबाट आएका २०० प्रतिनिधिहरुले सर्वसम्मतीले सभापतिमा ऋषि धमलालाई पुनः चयन गरेका हुन।
  
त्यसैगरी महाधिवेशनले कार्य समितिको बरिष्ठ उपाध्यक्षमा ईमेज च्यानका न्यूज डेस्क ईन्चार्ज डिल्ली बसेल, उपाध्यक्षमा नेपाल टेलिभिजनका समाचार सम्पादक महाप्रसाद लामिछाने, रिपोर्टर्स नेपाल डटकमका बैकुण्ठ ढुंगाना, दिपक बोहरा न्यूज २४ टेलिभिजन, महासचिवमा खोजतलास दैनिकका सम्पादक शशी कोइराला, सचिवमा नेपाल टेलिभिजनका संबाददाता दिलिप थापामगर, र कोषाध्यक्षमा पञ्चावती मासिकका सम्पादक मुकुन्द कालिकोटेलाई चयन गरेको छ। 
 
त्यसैगरी सदस्यहरुमा चिरिञ्जबी ढुंगाना अन्नपूर्ण पोष्ट दैनिक, अनिल गिरी द काठमाडौ पोष्ट दैनिक, भुवन शर्मा राजधानी दैनिक, लिलाराज खनाल कमाण्डर पोष्ट दैनिक, कृष्ण अधिकारी रासस, सरस्वती कर्माचार्य ईमेज च्यानल, सुरेश यादव गोरखापत्र दैनिक ,विजय रेग्मी एभिन्यूज टेलिभिजन, माधव धिताल सेतोपाटी डटकम, कृष्ण गौतम रासस, हरिशरण तिमिल्सिना कान्तिपुर टेलिभिजन, रामकुमार क्षत्री चेतना न्यूज डटकम, नारायण गिरी अभिभारा साप्ताहिक, गोपाल बराईली कमाण्डर पोष्ट दैनिक, हिरालाल विश्वकर्मा हिमालय टाईम्स दैनिक रहेका छन । बाँकी केन्द्रीय सदस्यहरु भने नवनिर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठकले मनोनयन गर्ने सभापति ऋषि धमलाले जानकारी दिए । 
 
त्यसैगरी महाधिवेशनले संविधान अनुसारको संघीय संरचनामा क्लबलाई लैजान संघीय रिपोर्टर्स क्लब शाखा गठन गर्न सातै प्रदेशको संयोजक तोकेको छ । संयोजकले ६ महिनाभित्र सम्बन्धीत शाखाको जिल्ला शाखाहरुको भेला गरेर प्रदेश शाखा गठन गर्ने छन । 
 
प्रदेश नम्बर १ को संयोजकमा भानुभक्त निरौला, प्रदेश नम्बर २ बख्तियार अली, प्रदेश नम्बर ३ सीताराम बर्मा, प्रदेश नम्बर ४  मदन वाग्ले, प्रदेशन नम्बर ५  शरद रेग्मी, प्रदेश नम्बर ६  लक्ष्मण केसी र प्रदेश नम्बर ७ हरिश चन्दलाई चयन गरेको छ । महाधिवेशनले संसोधन गरेको विद्यान अनुसार प्रदेशबाट दुई जनाको दरले केन्द्रीय सदस्य मनोनित हुने छन । 
 
बन्दसत्रलाई संबोधन गर्दै सभापति धमलाले क्लबलाई संविधानको स्पिरिट अनुसार संघीय ढाँचामा लगेर कुनै बाद र विचारमा नलागी नेपाली जनताको साझा मञ्चको रुपमा विकसित गरेर लैजाने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
 
क्लबको चौथो अधिवेशन हिजो राजधानीको सभागृहमा आयोजित विशेष समारोहकावीच ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्ति र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संयूक्त रुपमा उद्घाटन गरेका थिए भने कार्यक्रममा क्लबले स्थापना गरेका पुरस्कारहरु प्रधानमन्त्री केपी शर्मा ओलीले वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ