arrow

हाललाई एनसेलले लाभकर कर तिर्नु नपर्ने

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
Ncell_Main_Logo_(1).jpg

काठमाडौं। लामो समयदेखि विवादमा रहेको एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर हाललाई एनसेलले तिर्न नपर्ने भएको छ।

सर्वोच्च अदालतमा रहेको बिचाराधिन मुद्दामा एनसेलले कर तिर्नु पर्ने भनी थाहा पाएको मितिबाट मात्रै पुँजीगत लाभकर तिराउनु भनि सर्वोच्च अदालतले फैसला गरेको छ। यसरी पुँजीगत लाभकर गणनामा ठूला करदाता कार्यलयले निर्धारण गरेको कर उल्टिएको छ।

एजसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ कर तिर्नु पर्ने ठूला करदाता कार्यलयले निर्धारण गरेको थियो। एनसेलले ३९ अर्ब रुपैयाँ कर बुझाउन बाँकी रहेको तर उल्ले १४ अर्ब मात्र कर निर्धारण हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरको थियो।

न्यायधीशहरु तेजबहादुर केसी, पुरुसोत्तम भण्डारी, डम्बर बहादुर शाही, मनोजकुमार सर्मा र शुस्मलता माथेमाको पुर्ण ईजलासले मुद्दाको सुनुवाई गरेका हुन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ