arrow

मनमोहन सिंहको विषेश सुरक्षा व्यवस्था फिर्ता, जेड प्लस दिइने

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
man-mohan-singh.jpg

नयाँ दिल्ली  । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ ।     
     
“विषेश सुरक्षा बल (एसपीजी)” का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् ।     
     
भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उनका परिवारका सदस्यहरूलाई विषेश सुरक्षा बल प्रायः खटाउने गरिएको छ ।     
     
उनलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने जेड प्लस सुरक्षा सेवा प्रदान गरिने भएको छ ।     
     
अहिलेसम्म उनलाई दिइदै आएको सुरक्षा सेवामा पुर्वविचार गरिएको सरकारी अधिकारीको भनाई छ । यसलाई सुरक्षा निकायहरुले व्यवसायीक दृष्टीकोणबाट लिनु पर्ने बताएका छन् ।     
     
सिंहले प्रधानमन्त्रीको दुई बर्षे कार्यकाल पुरा गरेर सन् २०१४ मा विदा लिएका थिए । बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ