arrow

भन्सार छलीको चौध क्विन्टल चिनी बरामद

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
sugar.jpg.jpeg

भीमदत्तनगर । कञ्चनपुर प्रहरीले शुक्लाफाँटा नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको चिनी तथा अन्य सामान बरामद गरेको छ ।     
     
इलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–९ कलुवापुर बजारबाट १४ क्विन्टल चिनी तथा रु ३४ हजार बराबरको लत्ताकपडा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार बरामद गरिएको चिनी र लत्ताकपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ । 

सो अवैध सामान बेलौरी नाकाबाट नेपाल भित्रिएको बताइएको छ । खुला सीमाका कारण सो नाका भएर भारतबाट अवैध रूपमा दैनिक उपभोग्य सामानका साथै मलखाद, हार्डवेयर सामान, कुखुराका चल्लालगायत सामग्री नेपाल भित्रिने गरेको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ