arrow

जी७ बैठक विश्व अर्थतन्त्र र इरानी मुद्दामा अल्झियो

logo
एपी,
प्रकाशित २०७६ भदौ १० मंगलबार
g7.jpeg.jpeg

बियारिज। विश्वका प्रमुख सात औद्योगिक समूह (जी७) को तीन दिने शिखर बैठकमा अमेरिकी व्यापार नीतिहरु र इरानी कुटनीतिज्ञको बैठकमा आकस्मिक सहभागिताका कारण तनाबबीच समापन हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयोजक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सोमबार नै संयुक्त पत्रकार सम्मेलन गरी शिखर बैठक औपचारिक रुपमा समाप्त भएको घोषणा गरे।

औद्योगिक एवं धनी प्रजातान्त्रिक सात राष्ट्रमा अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, जापान, क्यानडा र इटाली रहेका छन्। यस समूहमा रुस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिका समेतका कैंयौं उदीयमान अर्थतन्त्र भएका मुलुकहरु समावेश छैनन्। यद्यपी भारत समेतका केही प्रमुख औद्योगिक एवं प्रजातान्त्रिक मुलुकका नेताहरुलाई अनौपचारिक छलफलका लागि आमन्त्रण गरिएको छ। 

जी७ का नेताहरुले शिखर बैठकको औपचारिक समापन हुनुअघि जलवायु परिवर्तन, विश्वलाई नै रुपान्तरित गरिरहेको डिजिटलाइजेसन र अरु जल्दाबल्दा विषयमा छलफल भएको छ। फ्रान्सेली एटलान्टिक रिसोर्ट बियारिजमा जारी यस बैठकमा विश्व अर्थतन्त्रका जल्दाबल्दा विषयले अरु मुद्दाहरुलाई ओझेलमा पारेको छ। 

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बियारिजमा इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफलाई आमन्त्रण गरेर ठूलै साहस देखाएका थिए। उनले इरानी आणविक कार्यक्रमका कारण उत्पन्न तनाब मत्थर बनाउने कुनै कुटनीतिक उपाय खोज्न इरानी विदेशमन्त्रीलाई बियारिजमा आमन्त्रण गरेका हुन्।

तर अमेरिकी राष्ट्रपतिले आफूलाई इरानी विदेशमन्त्रीको भ्रमणबारे पूर्व जानकारी भएको तर आफूले इरानी प्रतिनिधिसँग भेटघाट नगर्ने स्पष्ट गरेका छन्। राष्ट्रपति ट्रम्पले इरानी आणविक कार्यक्रमप्रति मात्र आफ्नो मुख्य चासो रहेको स्पष्ट गर्दै इरानमा सत्ता परिवर्तन गर्ने आफ्नो कुनै योजना नरहेको बताए। 

“अहिल्यै भेट्ने बेला भएको छैन, म अहिल्यै भेट्न पनि चाहन्नँ,” ट्रम्पले संवाददाताहरुलाई बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ