arrow

यस्तो छ एनआईसी एशियाको 'सुपर चमत्कारिक निक्षेप योजना'

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
nic_asia_new.png

काठमाडौं।  एनआईसी एशिया बैंकले २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । अघिल्लो पटकको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

सबै तह र तप्काका ग्राहकहरुलाई उपयुक्त सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्ने बैले दाबी रहेको छ।

यी निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँसम्मको बीमा सुविधा, दम्पत्तिका लागि २५ घातक रोगहरुका लागि ३० लाख रुपैयाँसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधाहरु रहेका छन्।

साथै उक्त योजना अन्तर्गत  बैंकका ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नुका साथै कर्जामा समेत विशेष छुटका तथा घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा,अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ । यस योजनाले मुलुकका सबै क्षेत्रका ग्राहकवर्गलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशभर २ सय ९७ शाखा कार्यालय, ३ सय ४६ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गरिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ