arrow

नेयमार फेरि बार्सिलोनामै ? 

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
neymar18.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार व्यवसायिक फुटबल खेल्न स्पेनिश क्लब बार्सिलानामै जाने सम्भावना बढेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट नेयमारलाई टिममा फर्काउन बार्सिलोनाले १५३ मिलियन पाउण्डको प्रस्ताव राखेको छ ।

बार्सिलोनाले फरवार्ड उसमान डेम्बेलेलाई समेत नेयमारसंगको सम्झौतामा साट्न सकिने प्रस्ताव गरेको छ ।

Ousmane Dembele (right) is also a player that could be included in a possible deal for Brazilian

बर्सिलोनाका निर्देशक हेभियर बोर्डासले नेयमारलाई क्लबमा भित्र्याउनेबारे सहमति नजिक पुगेको बताएका छन् । उनले पीएसजी क्लबका पदाधिकारीसंग मंगलबार साँझ नेयमारको बिषयमा चार घण्टा छलफल गरेको बताएका छन् । 

नेयमारले पीएसजीबाट खेल्न अरुची देखाएपछि बार्सिलोनाले पुनः भित्र्याउन प्रयास गरेको छ । पीएसजीले नेयमार बिना नै लिग वान सुरु गरेको छ । नेयमारका नामका टि–सर्ट बिक्री गर्न पनि बन्द गरेको छ । 

Barcelona are edging ever closer to securing a return for Neymar before the window closes

२७ बर्षीय नेयमार दुई वर्ष अघि बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए ।

यसअघि नेयमारलाई भित्र्याउन प्रयास गरेको स्पेनिश क्लब रियाल मड्रिड भने असफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ