arrow

राहुल गान्धीले २३ दिनपछि माने जम्मू–कश्मीरलाई आन्तरिक मामला, हस्तक्षेप नगर्न दिए चेतावनी

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
rahul-gandhi4.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धीले जम्मू–कश्मीर विवाद आफूहरुको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न सबैलाई चुनौती दिएका छन् । 

अनुच्छेद ३७० हटाएको २३ दिनपछि बुधबार उनले खुलेर बोल्दै कश्मीर मुद्धामा रहेर आफ्नो भनाइ राखेका छन् ।

सामाजिक संजाल ट्वीटरमा बुधबार ट्वीट गर्दै उनले आफ्नो सरकारसंग विभिन्न मुद्दालाई लिएर मतभेद हुन सक्ने भन्दै कश्मीर आफूहरुको आन्तरिक मामला भएको स्पष्ट पारे । 

उनले पाकिस्तानले हिंसा फैलाउनका लागि आतंकवादीहरुलाई समर्थन गरिरहेको आरोपसमेत लगाएका छन् । 

कांग्रेस नेता शशी थरुरले पनि राहुलको यो भनाइप्रति समर्थन जनाएका छन् । काँग्रेसले पाकिस्तान अन्तर्राष्ट्रिय मन्चमा राहुलको नाममा गलत फाइदा उठाइरहेको आरोप लगाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–७ सम्मेलन बैठकमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत र पाकिस्तानको आपसी मामिलामा दुनियाँका कुनै पनि देशलाई कष्ट दिन नचाहेको बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ