arrow

सात हजार विकेट लिएका राईट ८५ बर्षको उमेरमा क्रिकेटबाट सन्यास लिंदै

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
cecil-wright.jpg

एजेन्सी। क्रिकेट यस्तो खेल हो जस्मा अनेक किसिमका आफ्ना मौलिक किर्तिमानहरु बन्ने गरेका छन्। एक खेलाडीले कति उमेरसम्म ब्यवसायीक क्रिकेट खेल्न सक्ला ? ४० बर्ष? ५० बर्ष ? सायद यस्तै उत्तर दिमागमा आउँछ होला !

अलि अपत्यारिलो लाग्ने तर पत्याउनै पर्ने भएको छ। वेष्टईण्डिजका सेसिल राइटले ८५ बर्षको उमेरमा ब्यवसायीक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले आफ्नो ब्यवसायीक क्रिकेट जिवनमा ७ हजार भन्दा बढि विकेट लिएका छन्। तिब्र गतीका बलर राईटले सेप्टेम्बर ७, २०१९मा आफ्नो अन्तिम खेल खेल्ने घोषणा गरेका छन्।

वेष्टइन्डिजमा जन्मेका राइटले जमैकाको टोलीबाट बार्बाडोस बिर्द्ध सन् १९५९मा आफ्नो पहिलो खेल खेलेका थिए। उनले वेष्टईण्डिजका महान खेलाडीहरु सर गारफिल्ड सोवर्स, सर विवियन रिचर्ड्स, जोएल गार्नर, वेस्ली हल आ बिरुद्ध खेलेका छन्।

उनले अन्तराष्ट्रीय क्रिकेट त खेलेनन् तर ब्यवसायीक क्रिकेट भने ६० बर्ष खेले। सन् १९६२मा ब्यवसायीक क्रिकेट खेल्न ईङल्याण्ड आएका राईट त्यतै बसे। मध्य लंकाशायर लिगमा क्रम्पटनबाट खेलिरहेका राईटले एक समय ५ बर्षमा २७को औषतले ५ सय ३८ विकेट लिएका थिए। उक्त पाँच बर्ष उनका लागि अविस्मरणीय छन्।

उनको स्टामिना र दीर्घायुका बारे सोध्दा उनले भने ‘ म साधारण खाना खान्छु र बियर कहिलेकाँही मात्र पिउँछु’। उनलाई बसेर टिभी हेर्न मन पर्दैन। त्यस्तो समयमा उनी हिड्छन वा आफ्नै घरका कामहरु गरेर समय कटाउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ