arrow

च्याम्पियन्स लिगमा छानियो आयाक्स

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
ajax1.jpg

काठमाडौं । डच क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलमा छनोट हुन सफल भएको छ । प्लेअफको खेलमा साइप्रसको क्लब एपोल निकोसियालाई हराउँदै आयाक्सले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको हो । 

पछिल्लो पटक सेमिफाइनल खेलेको आयाक्सले प्लेअफको दोस्रो लेगमा २–० को जित निकाल्न सफल भएको हो । 

पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

आयाक्सका लागि ४३ औं मिनेटमा एडसन अल्वारेज र ८० औं मिनेटमा डुसन टाडिकले गोल गरे । 

गत सिजनमा आयाक्स सेमिफाइनलमा इंगलिश क्लब टोटनह्याम हट्सपरसंग पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ