arrow

कोट्जाकोल्कोस शहरमा २३ को मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ भदौ १२ बिहिबार
mexico-bar-killing.jpg

मेक्सिको। मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ। अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सिकिस्त घाइते भएका छन्।

घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ। कोट्जाकोल्कोस शहरमा घटना भएको हो। “क्रुर व्यक्तिहरुले गोलावारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

घटनामा परी मृत्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन्। घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?” बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो। घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो।

घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ