arrow

प्रहरीचौकी मै गएर २० तालिबान र तीन आइएस लडाकूले गरे आत्मसमर्पण

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
taleban.jpg

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान  र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जलालाबाद प्रहरीचौकीमा गएर २० जना तालिबान र अरु तीन जना आइएस लडाकूले आत्मसमर्पण गरेका हुन् । उनीहरुले अबदेखि आफूहरु हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियारहरु पनि प्रहरीलाई बुझाएका बताइएको छ ।

नान्गाहार प्रान्तका प्रान्तीय प्रहरी अधिकारीले सो जानकारी गराएका समाचारमा जनाइएको छ । बुधबार उनीहरुले आफ्ना हातहतियार बुझाएर आत्मसमर्पण गरेका र त्यसमा तीन जना आइएस लडाकूसमेत रहेका भनी उक्त प्रान्तीय प्रहरीका अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।

उनीहरुले विगतका केही वर्षहरुदेखि सरकार विरुद्धको हिंसामा संलग्न भइ काम गर्दै आएका थिए । अबदेखि उनीहरुले आफूहरु हिंसामा नलाग्ने र सरकारको शान्ति प्रक्रियामा सहयोग गर्ने बताएका छन् ।  अफगान सरकारले अफगानिस्तानका बढी तालिबानको प्रभाव रहेका नान्गाहार लगायतका पूर्वी प्रान्तहरुमा शान्ति प्रक्रियामा तालिबानहरुलाई ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसबाट सरकारको उक्त शान्ति कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सरकारी अधिकारीको भनाई छ ।

उनीहरुको यो आत्मसमर्पणबारे अफगानिस्तानको हिंसा जारी राखेका तालिबान र आइएसले पनि कुनै प्रतिक्रिया दिएको छैन ।
केही समय देखि अफगानिस्तानका तालिबान र सरकारबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता जारी रहेको छ । तर उक्त शान्तिवार्ता सफल भने हुन सकिरहेको छैन । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ