arrow

भारतमा भाजपाका नयाँ राष्ट्रिय अध्यक्ष डिसेम्बरमा चुनिने  

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
bjp1.jpeg

नयाँ दिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को नयाँ अध्यक्षको चयन आगामी डिसेम्बरमा हुने भएको छ ।     
     
पार्टीका कार्यकारी अध्यक्ष जेपी नाड्डाले निर्वाचनमार्फत् डिसेम्बरमा नयाँ अध्यक्षको चयन हुने बिहीबार जानकारी दिएका हुन् । 
     
आउँदो अक्टोबर १० देखि ३० तारिखसम्ममा पार्टीको बुथस्तरीय निर्वाचन हुने तय भएको उनले बताए ।
     
पत्रकार सम्मेलनमा उनले भने, “जिल्ला समितिको निर्वाचन भने नोभेम्बरमा र राज्यस्थरको निर्वाचन त्यसपछि हुने तय भएको छ ।”     
     
पार्टीको महाधिवेशन डिसेम्बर महिनामा गर्ने तयारी भएको उनले जानकारी दिए । अहिलेका अध्यक्ष अमित शाह केन्द्रीय गृह मन्त्री भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएको हो । उनी सन् २०१४ देखि पार्टीको अध्यक्ष भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ