arrow

फिलिपिन्सका राष्ट्रपति डुटेर्ते र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ १२ बिहिबार
philippine-president-china.jpg

बेइजिङ। चीनका राष्ट्रपति सी चिनफिङ र चीन भ्रमणमा रहेका उनका फिलिपिनी समकक्षीबीच बेइजिङमा भेटवार्ता भएको छ। भेटमा दुई छिमेकी मुलुकबीच दुईपक्षीय सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ।

दुई नेताबीचको भेटमा राष्ट्रपति सीले भने, “अहिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्था गम्भीर तथा जटिल परिवर्तनतर्फ गइरहेको छ। तरपनि दुईमुलुकबीच शान्ति, विकास, सहकार्य, तथा आपसी लाभका कुरा अझै बढी अनिवार्य बनेका छन्।”

नेता सीले फिलिपिनी नेता डुटेर्तेसँग समयको आवश्यकता र मागलाई स्वीकार गर्दै दुई मुलुकबीचको रणनीतिक र दीगो धारणा बनाएर द्विपक्षीय असल सम्बन्ध विस्तारका लागि नेतृत्व लिन आफू तयार भएको बताएका छन्। 

“यसले दुई मुलुक र यहाँका जनतालाई मात्र फाइदा हुँने नभै क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि सकारात्मक उर्जा थप्नेछ।”

फिलिपिनी नेता डुटेर्ते राष्ट्रपति सीको निमन्त्रणामा यही अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म चीनमा रहनुहुने कार्यक्रम रहेको छ। चीनमा रहँदा उहाँले उच्च पदस्थ चिनियाँ अधिकारीहरूसँग भेट गर्ने तथा ऐतिहासिक तथा सांस्कृतिक महत्वका विभिन्न स्थानहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ