arrow

काँग्रेस केन्द्रीय सदस्यमा मनोनयनको लागि देउवालाई क कस्ले दिदैछ दवाव?

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको चुनावपछि केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनको प्रक्रिया अघि बढाउनेबारे पार्टी सभापति शेर बहादुर देउवाले आफू निकटहरुसँग छलफल अघि बढाएका छन्। देउवाले आफू निकट नेताहरुलाई बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग यसबारे छलफल गर्न जिम्मा लगाएका छन्। पार्टी केन्द्रीय समितिका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा पराजित भएकाहरु मनोनयन हुन जोडतोडमा लागेपछि देउवा उनीहरुलाई कार्यसमितिमा मनोनित गर्न दवावमा परेका हुन्। आफू दवावमा परेपछि उनले छलफल अघी बढाएका हुन्। 
 
अहिलेको विधानअनुसार तीन पदाधिकारी र १४ केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छ। सात जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि नै मनोनित भइसकेका छन्। पार्टी सभापतिले मनोनित गर्दा सबै क्षेत्र जात र उमेर समुहलाई समेट्नुपर्ने दवावमा छन्। तर मौजुदा विधान अनुसार बाँकी १४ केन्द्रीय समस्य मात्र मनोनित गर्दा समावेशी किसिमले मनोनित हुने सम्भावना कम रहेको छ। पार्टीको गुटहरुमा समेत प्रभावशाली रहेका तर पराजति नेताहरुलाई केन्द्रीय समितिमा ल्याउनुपर्ने दवाव अगाडी समावेशी मनोनित हुने सम्भावना कम हुने अवस्थामा देउवालाई विधान संशोधनमार्फत केन्द्रीय सदस्य थप्न सुझाव पनि आफू निकटका केहि नेताहरुले दिएका छन्। 
 
केन्द्रीय समितिलाई समावेशी बनाउने एकातिर चुनौति र दवाव छ भने अर्कातिर चुनावमा पराजित भएकाहरुलाई पनि मनोनित गर्ने दवाव पनि छ। यो अवस्थामा आकाँक्षीहरुको व्यवस्थापन गर्न पनि थप १० जना केन्द्रीय सदस्य बढाउनुपर्ने हुन्छ। सबैलाई मिलाएर जान देउवाले आफू र पौडेल निकटका नेताहरुसँग छलफल चलाएका छन्। अर्का नेता कृष्ण प्रसाद सिटौलासँग पनि देउवाले यस बारेमा छलफल गर्ने एक नेताले बताए। 
 
केन्द्रीय समितिमा पराजित भएका केन्द्रीय सदस्यका उमेद्वारहरु अहिलेको विधानअनुसारको १४ मनोनित केन्द्रीय सदस्यमा समुदायगत रुपमा प्रतिनिधित्व हुनै नसकेका र न्यून मात्रामा भएको मगर, राई, थारु, दलित, मधेशी र महिला ल्याउनुपर्ने भएकाले अन्यलाई अटाउन केन्द्रीय समिति बढाउने प्रक्रिया अघि बढाउन दवाव दिइरहेका छन्। 
 
अहिले कतिपय केन्द्रीय समितिमा पराजितहरुको विहानदेखि धेरैजसो समय पार्टी सभापतिको निवास र उनी जाने कार्यक्रमहरुमा नै हुने गरेको छ। खुल्लातर्फको २५ मा उम्मेदवार बनेर पराजित भएका ३५औं नम्बरसम्मकालाई केन्द्रीय सदस्य मनोनित गर्न उनीहरुले पार्टीका विभिन्न नेताहरुसँग पनि लविङ गरिरहेका छन्। यसरी लविङ गर्नेहरुमा केन्द्रीय सदस्यमा पराजित भएका तर पार्टीमा गुटहरुमा प्रभाव पार्न सक्नेहरु नै हुन। 
 
खुल्लातर्फको २५ मा उम्मेदवार बनेर पराजित भएका ३५औं नम्बरभित्रका नेताहरुमा पद्मनारायण चौधरी, उदयशमशेर राणा, जीपछिरिङ लामा, डिना महालक्ष्मी उपाध्याय, अशोक कोइराला, मनमोहन भट्टराई, गोविन्दराज जोशी, गोविन्दराज पोखरेल, रामहरि खतिवडा र तारानाथ रानाभाट छन्। जसमध्ये चौधरी र पोखरेल पौडेल समुहका हुन कोइराला सिटौला निकट हुन। बाँकी ७ जना देउवा समुहका हुन। जोशी र रानाभाट कुल बहादुर गुरुङसँगै महाधिवेशनको समयमा देउवा समुहमा गएका थिए। गुरुङको टीमबाट उनी बाहेक सबै पराजति भए। देउवा गुरुङको समुह मिलाउन र आफ्नै समुहका नेताहरुलाई मिलाउन पनि विकल्पहरुमाथि वृहत छलफलमा रहेको बताइएको छ। उनी आफ्नैहरुको दवावमा परिरहे पनि पार्टीको विधान संसोधन सहजै हुन सक्ने अवस्था भने छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ