काठमाडौं। पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले अर्जेन्टाइन स्टार लियोनल मेस्सीसंग डिनर खाने चाहना व्यक्त गरेका छन्। मोनाकोमा भएको युरोपियन फुटबलर प्येयर अफ द सिजनको अवार्ड वितरण कार्यक्रममा साथमा रहेका रोनाल्डोले मेस्सीसंग अहिलेसम्म डिनर नखाएको भन्दै भविष्यमा डिनर खाने बताएका छन्। च्याम्पियन्स लिग फुटबलको ड्रसमेत सार्वजनिक भएको कार्यक्रममा रोनाल्डो र मेस्सी साथमा बसेका थिए ।
दुवै जना युएफए प्लेयर अफ द सिजनको नोमिनेशनमा थिए। बाजी भने भर्गिल भान डाइकले मारेको थिए। रोनाल्डो र मेस्सीबीच आपसमा टक्कर परिराख्यो । स्पेनिश लिग ला लिगामा उनीहरुले प्रतिद्धन्द्धी भएर खेले । नौ वर्ष ला लिगामा प्रतिद्धन्द्धी भएका मेस्सी बार्सिलोनामा छन् भने रोनाल्डो गत वर्षमात्र इटालियन क्लब युभेन्टस गएका हुन्।
३४ वर्षे रोनाल्डोले आफूहरुबीच लामो समयदेखि व्यवसायिक टक्कर भए पनि साथमा मज्जा लिनु पनि पर्ने बताएका हुन्। युएफएको स्टेज उनीहरुले आपसमा १५ वर्ष साझेदारी गरेका छन्। उनले भने, ‘म आफू निकै उत्साही छु किनकि हामीले १५ वर्ष यो स्टेज साझेदारी गरिसकेका छौं।’ दुवै खेलाडीले पाँच पाँच वटा बेलोन डेओर उपाधि जितिसकेका छन् । यो सिजनमात्र डाइकले बाजी मारेका हुन्। रोनाल्डोले आफूले स्पेनको खेल मिस गरिरहेको बताएका छन् । उनले मेस्सी र आफूले जीवनमा एक इतिहास रचेको पनि बताएका छन्।