arrow

स्याङ्जामा काँग्रेसको नगर समिति विस्तार

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७२ चैत १९ शुक्रबार
nc-flag.jpg.jpeg
स्याङ्जा । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले केन्द्रिय समिति निर्वाचित गरेसंगै जिल्लास्थित काँग्रेसका वडा, गाँउ र नगर समितिको विस्तार भइरहेका छन् । ५३ गाविस ४ नगरपालिका रहेको स्याङ्जामा अहिले काँग्रेसको समिति विस्तारलाई तीव्रता दिइएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । जिल्ला कार्य समितिले भने, सबै वडा, गाँउ र नगर समिति विस्तार पछि गर्ने जनाएको छ । 
 
चार नगरपालिका मध्ये पुतलीबजार, चापकोट र वालिङ नगरपालिकामा नगर समिति विस्तार भएको छ भने, भिरकोट नगरपालिकाले केही दिनमा गर्ने तयारी गरेको छ । यसैबीच, नेपाली काँग्रेस पुतलीबजार नगर कार्य समितिको पहिलो बैठकले नगर समिति विस्तार गरेको छ ।नगर कार्यसमितिमा १३औं महाधिवेशनले बेदप्रसाद दोरंगाको सभापतित्वमा सर्वसम्मत समिति गठन गरेको थियो । समितिको बैठकले शनिबार मात्रै उसभापतिमा डिल्लीराम तिमिल्सिना, सचिवमा प्रकाश रेग्मी र सह—सचिवमा धु्रबबन्धु पौडेललाई मनोनयन गरेको छ । 
 
सचिव रेग्मी भने निर्वाचित हुन् । बैठकले ७७ जना क्रियाशिल सदस्यहरुलाई नगर सदस्यमा मनोनयन गरेको छ । नगर समितिका सचिव प्रकाश रेग्मीले दिएको जानकारी अनुसार बैकठले काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित हुने गोपालमान श्रेष्ठ र धनराज गुरुङ्लाई समेत बधाई ज्ञापन गरेको छ ।
 
काँग्रेसको १२ औं अधिवेशनबाट निर्वाचित समितिले गरेको कामको मुल्याङ्कन गर्दै समितिले धन्यवाद ज्ञापन गरेको सभापति दोरंगाले जानकारी दिए । यता, चापकोट नगर समितिका सभापति रामचन्द्र पंगेनीका अनुसार उपसभापति, सचिव र दुई सदस्य मात्रै मनोनयन भएका छन् । चापकोट नगर समितिको उपसभापतिमा वेदप्रसाद श्रेष्ठ, सचिवमा उत्तम आचार्य र सदस्यहरुमा दुर्गाबहादुर राना, दिपेन्द्र गहतराजलाई मनोनयन गरेको सभापति पंगेनीले बताए । 
 
चापकोट नगरपालिकाका सबै वडाहरुमा कार्य समिति विस्तार भइसकेको छ । नगर समितिमा मनोनयन गर्न बाँकी रहेका सदस्यहरु अर्को बैठकमा गर्ने सभापति पंगेनीको भनाई छ । भिरकोट नगरपालिकाले भने पहिलो चरण वडा भेला गरी वडा समिति विस्तार गर्ने क्रमलाई तीब्रता दिएको जनाएको छ । चैत्र २० गते सम्ममा वडा भेला सकिएपछि मात्रै नगर समितिको विस्तार गरिने भिरकोट नगर सभापति तोयनाथ अर्यालले जानकारी दिए ।
 
वडा भेला सकिएलगत्तै बस्ने नगर समितिको बैठकले भिरकोट नगर समितिलाई पूर्णता दिने सभापति अर्यालले जानकारी दिए । यता १२ औं महाधिवेशनमा नगर समिति समेत पूर्णता नदिएर कार्याकाल सकाएको नेपाली काँग्रेस वालिङ नगर समितिले भने १३औं महाधिवेशनमा  नगर समितिलाई पूर्णता दिने संकेत देखाएको छ । 
 
देशभरीका नगरपालिका, वडा र गाँउ समितिको पूर्णता भएका बेला १२औं महाधिवेशनमा  भने वालिङ नगर समितिले कार्यसमिति नै पूर्णता नदिएर आफ्नो कार्यकाल सकाएको थियो । नेपाली काँग्रेस वालिङ नगर समितिको उपसभापतिमा भिमलाल सुवेदी र सचिवमा टंकप्रसाद तिवारीलाई मनोनयन गरेको वालिङ नगर समितिले जनाएको छ । वालिङ नगर समितिका सचिव भुपराज वगालेलाई नगर समितिको नामावलीकाबारेमा सोधनीका लागि सम्पर्क गर्न खोज्दा मनोनयन गरेको समितिको नामावली पछि दिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ