arrow

श्रीलङ्काद्वारा बन्दरगाह निर्माणका लागि व्यापक योजनाहरू शुरू

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
srilanka-colombo-port.jpg

कोलोम्बो । श्रीलङ्काले आफ्ना पूराना बन्दगाहहरूमा आधुनिक सुविधा विस्तार गर्न र नयाँ बन्दरगाहको विस्तारका लागि व्यापक लगानी शुरू गरेको सरकारले शुक्रबार जानकारी गराएको छ ।

 सरकारले श्रीलङ्कालाई यस क्षेत्रकै व्यवस्थित सामुद्रिक केन्द्रकारूपमा निर्माण गर्न लागेको बताएको हो ।

श्रीलङ्काको सूचना विभाग कार्यालयले जारी गरेको एक विज्ञप्तिमा सरकारको बृहत् विकास कार्यक्रम अन्तर्गत श्रीलङ्काले सबभन्दा पहिले राजधानी कोलोम्बोस्थित बन्दरगाहमा सुविधाहरूलाई विस्तार गरिनेछ ।

विज्ञप्तिमा कोलोम्बोमा कन्टेनरको व्यवस्थापन, क्षमता विस्तार र अत्याधुनिक प्रविधिको प्रयोग गरी बन्दरगाहलाई नमूना बनाउन लागिएको उल्लेख छ ।

कोलोम्बोमा इस्ट कन्टेनर टर्मिनल (इसीटी) को विस्तारसँगै वेस्ट कन्टेनर टर्मिनल १ र २ को विस्तार हुनेछ । दक्षिण एशियाली टर्मिनललाई पनि विशाल स्वरूप दिइनेछ ।

कार्यक्रम अन्तर्गत कोलम्बो, हम्वानटोटा, दक्षिण र त्रिन्कोमालीलगायत छ वटा बन्दर्गाहलाई व्यवस्थित गर्न श्रीलङ्का सरकारले व्यापक लगानी गर्ने बन्दरगाह मन्त्रालयका सचिव सिरिमेभान रणसिङ्गेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ