arrow

‘कोपिला फक्रेर मञ्जु बन्दा, फष्टायो ठगि धन्दा’

सशस्त्रको बरिष्ठ हवल्दार हुँ भन्दै साढे १६ लाख ठगि

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
kopila-manju-banda.JPG.jpeg
काठमाडौं । सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भन्दै आफ्नो नामथर समेत ढाँटेर रकम सापटी लिएर नतिर्ने २४ वर्षिया कोपिला बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले विहीबार पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ । सिन्धुपाल्चोक जिल्ला माङ्खा गाविस वडा नम्बर–६ बस्ने बोहराले आफ्नो नाम ढाँटेर मञ्जु बुढाथोकी बताई रकम ठगी गरेको जानकारी प्राप्त भएपछि खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । 
 
ठगि गर्ने बोहराले आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भनि ओखलढुंगा नारायणस्थान गाविस –७ घर भई हाल काठमाडौं महानगरपालिका–३४ पुरानो बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गरी बस्ने परदेश राईसँग १६ लाख रुपैयाँ लिएकोमा ११ लाख ७५ हजार रुपैयाँ फिर्ता नगरेको भन्दै राइले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकमा खबर गरेका थिए । यसैगरी, काठमाडौं महानगरपालिका २५ महाँकाल बस्ने लक्ष्मी प्रधानसँग ६० हजार रुपैयाँ ठगि गरेको भनदै प्रधानले समेत सो कार्यालयमा खबर गरेकी थिइन् । 
 
उनीहरुले बोहराले दज्र्यानी चिन्हसहितको सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको पोशाक प्रयोग गरेको तस्वीर समेत सो कार्यालयमा पेश गरेका थिए । त्यसपछि खटिएको एपीएफ टोलीले उनलाई माङ्खा गाविसस्थित ८० किलो भन्ने ठाउँबाट पक्राउ गरेको हो । एपीएफ टोलीले बोहरासँग सोधपुछ गर्दा उनले आफुले सशस्त्र प्रहरी बलको दज्र्यानी चिन्हसहितको पोशाक प्रयोग गरी तस्वीर खिचेको र ती व्यक्तिहरुसँग उल्लेखित रकम लिएकोमा तीर्न बाँकी रहेको बताएकी छिन् । 
 
बोहराले आफु युएन मिसन जान लागेको लगायतका कुराहरु बताई रकम लिएको खुल्न आएको छ ।  बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले आवश्यक अनुसन्धान तथा कारबाहीको लागिस्थानीय प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुल्लीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ