arrow

सुस्मा स्वराज र अरुण जेटली बितेपछि भाजपामा 'काला जादु'को चर्चा

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
pragya.jpg

काठमाडौं ।  मध्यप्रदेशको भोपाल लोकसभा सीटबाट भाजपा सांसद बनेकी  प्रज्ञा ठाकुर आफ्नो विवादास्पद बयानका कारण चर्चामा छिन्। हालै भाजपा नेताहरू सुस्मा स्वराज र अरुण जेटलीको निधनपछि उनले विपक्षीहरूले 'काला जादु' गरिरहेको बताएकी थिइन् ।

उनको त्यसपछि निकै आलोचना गरिएको थियो। सो भनाइपछि उनलाई भाजापाले नोटिस जारी गरेको बताइयो । तर सो समाचरालाई मध्य प्रदेश भाजपाका मीडिया प्रभारी लोकेन्द्र पराशरले अस्वीकार गरेका छन्।

पराशरले प्रज्ञालाई नोटिस जारी नगरिएको बताए । उनले भने, 'प्रज्ञा ठाकुरलाई कुनै नोटिस जारी गरिएको छैन। यो समाचार गलत छ।  साथै प्रज्ञालाई पार्टी भित्रै र भाजपाले सार्वजनिक ठाउँमा बोल्न अस्वीकार गरेको समाचारहरु बाहिरिएका थिए । पार्टीका अनुसार  नेतृत्वले हालका महिनाहरूमा उनको भनाइबाट लज्जित भने भएको छ।

यसअघि भाजापाको मध्य प्रदेश इकाईका अध्यक्ष राकेश सिंहले ठाकुरलाई चेतावनी दिएको यदि उनले फेरि यस्तो विवादास्पद बयान दिए उनलाई कडा कारबाही गरिनेछ भन्ने समाचारमा बाहिरिएको थियो ।

२५ अगस्टमा प्रज्ञा ठाकुरले फेरि एकपटक आफ्नो बयानका कारण भाजपालाई अफ्ट्यारोमा पारिन् । मध्यप्रदेशका पूर्व मुख्यमन्त्री बाबुलाल गौरको भोपालमा आयोजना गरिएको श्रद्धांजलि सभामा उनले कांग्रेसले भाजपा नेताहरू विरुद्ध काला जादुको प्रयोग गर्दैछ भनेकि थिइन् ।

साध्वीले भनेकि थिइन् , 'एक पटक एक जना महाराज जीले मलाई भनेका थिए कि हाम्रो समय खराब छ र विपक्षीले केहि गर्दैछ। उनिहरुले भाजपा विरुद्ध काला जादुको प्रयोग गरिरहेका छन्। मैले पछि भनेका कुरालाई भुलेको थिएँ, तर अब जब म मेरा वरिष्ठ नेताहरू एकपछि अर्को गर्दै मृत्यु भएको देखे , म महाराजजीको बारेमा सोच्न बाध्य हुन्छु, उनी ठीक थिए? '

भारतीय राजनीतिमा आफ्नो अलग पहिचान बनाएका नरेन्द्र मोदी सरकारका दुई पूर्व मन्त्रीहरुको एक महिना भित्रै निधन भएको थियो।  मोदी सरकारकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको मृत्यु भएको ३ हप्ता पनि नवित्दै अर्का पूर्व मन्त्री अरुण जेटलीको पनि निधन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ