arrow

कृषिजन्य वस्तुको निर्यात घट्दो

logo
रासस,
प्रकाशित २०७६ भदौ १४ शनिबार
agriculture-nepal.jpg

इलाम। नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ। नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ। व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड ३१ लाख २२ हजार ५९३ किलो अदुवा निर्यात भएकामा गएको आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ४९ लाख १९ हजार एक सय ९५ किलो मात्र निर्यात भएको देखिएको छ।

तथ्याङ्क हेर्दा अघिल्लो आवभन्दा गत आवमा ३५ दशमलव ४७ प्रतिशतले अदुवा निर्यात घटेको देखिन्छ। यस्तै, अदुवाको परिमाण मात्र नभई अदुवाबाट प्राप्त आम्दानीसमेत गत आवमा घटेको तथ्याङ्कले देखाउँछ। आव २०४/०७५ मा रु ७७ करोड २४ लाख ७५ हजारको अदुवा निर्यात भएकामा गत आवमा रु ५१ करोड २२ लाख ९६ हजार बराबरको मात्र अदुवा निर्यात भएको तथ्याङ्कले देखाउँछ।

यस्तै, नेपालबाट निकासी हुने अर्को कृषिजन्य वस्तु अलैँचीको परिमाण पनि घटेको तथ्याङ्कले देखाउँछ। अघिल्लो आव (०७४/०७५)मा ५४ लाख दुई हजार ११ किलो निर्यात भएकामा गत आव (०७५/०७६)मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएको व्यापार तथा निकासी निर्यात प्रवद्र्धन शाखाले जनाएको छ।

अघिल्लो आव (०७४/०७५)मा अलैँचीको रु चार अर्ब ८४ करोड ९१ लाख ५५ हजार आम्दानी भएकामा गत आवमा रु चार अर्ब २८ करोड ४१ लख ९९ हजारको मात्र आम्दानी भएको पाइएको छ। यसरी हेर्दा आवमध्ये गत आवमा ११ दशमलव ६५ प्रतिशतले अलौँचीबाट प्राप्त हुने आम्दानी घटेको देखिन्छ। यस्तै, प्रवद्र्धन शाखाको तथ्याङ्कअनुसार गत आवमा चियाको परिमाण र आम्दानीसमेत घटेको देखिन्छ। आव २०७४/७५ कोभन्दा २०७५/७६ मा एक दशमलव पाँच प्रतिशतले घटेको देखिन्छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्गअनुसार आव २०७४/७५ मा  एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ। यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ