arrow

नेपालमा बैङकको वीग मर्जरको चर्चा मात्र, भारतमा वीग मर्जर पछि २७ बैङक १२ मा सिमित

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
nirmala-budjet.PNG

काठमाडौं। नेपालमा वाणिज्य वैङकहरुको वीग मर्जरको चर्चा चले पनि सोचे अनुसार सफलता हासिल हुन सकेन। ग्लोवल आइएमई बैङक र जनता बैङबीच मात्र वीग मर्जर भएपनि अरुको मर्जर प्रक्रिया खासै अघी बढ्न सकेको छैन। 

भारतीय पंजाब नेशनल बैङकको लगानी रहेको एभरेष्ट बैङक वीग मर्जरमा जाने चर्चा मात्र गरियो तर वास्तविकतामा परिणत गरिएन। तर भारतमा भने एभरेष्ट बैङकको लगानीकर्ता रहको पंजाब नेशनल बैङक भने मर्जरमा गएको छ। 

भारतमा सन् २०१७ मा २७को संख्यामा रहेको वाणिज्य बैङकहरु अब १२ सिमित हुनेछन्। भारतकी वित्त मन्त्री निर्मला सितारमणले वैकहरुको मर्जरको घोषणा गरेको हुन। मन्दीतर्फ गइरहेको भारतको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने कदम अन्तर्गत बैङकहरुको मर्जर गरिएको बताइएको छ। 

पंजाब नेशनल बैङक, ओरियन्टल बैङक अफ कमर्श र यूनाइटेड बैङकलाई मर्जर गरि एक बनाइएको छ। त्यसैगरि क्यानरा बैङक र सिण्डिकेट बैकलाई पनि मर्जर गरि एक बनाइएको छ। युनियन बैङक अफ इण्डिया, आन्ध्र बैङक र कर्पोरेशन बैङक पनि मर्जर पछि एक बनाइएको छ। इण्डिया बैङक र अलाहावाद बैङकलाई पनि मर्जर पछि एक बनाइएको छ। 

पंजाब नेशनल बैङक, ओरियन्टल बैङक अफ कमर्श र यूनाइटेड बैङकलाई मर्जर गरि एक बनाउँदा यो बैङक भारतको दोस्रो ठूलो शाखा संजाल सहित १८०० खरव व्यवसाय भएको दोस्रो ठूलो सार्वजनिक वित्तिय संस्था भएको छ। 

क्यानरा बैङक र सिण्डिकेट बैकलाई पनि मर्जर गरि एक बनाइदा यो बैङक भारतको तेस्रो ठूलो शाखा संजाल सहित १५२० खरव व्यवसाय भएको चौथो ठूलो सार्वजनिक वित्तिय संस्था भएको छ।

युनियन बैङक अफ इण्डिया, आन्ध्र बैङक र कर्पोरेशन बैङक पनि मर्जर पछि एक हुँदा नयाँ बैङक भारतको चौथो ठूलो शाखा संजाल सहित १४६० खरव व्यवसाय भएको पाँचौ ठूलो सार्वजनिक वित्तिय संस्था भएको छ।

इण्डिया बैङक र अलाहावाद बैङकलाई पनि मर्जर पछि एक बनाइदा नयाँ बैङक ८०८ खरव व्यवसाय भएको सातौ ठूलो सार्वजनिक वित्तिय संस्था भएको छ।

नेपालमा अहिले पनि २८ वाणिज्य बैङक रहेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ