arrow

चिनियाँ राष्ट्रपतिका भाइको मुद्रा अपचलनको मुद्दाबारे खुलासा गर्ने अमेरिकी पत्रकारलाई देश निकाला  

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
trump-xi1.png

काठमाडौं । चीनले अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ का पत्रकारलाई देश निकाला गरिएको छ । सिंगापुर मुलका ३३ वर्षीय पत्रकार चुन हान वोङलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले देश निकाला गरेका हुन् । 

वोङले गत जुलाई ३० तारिखमा लेखेको रिपोर्टमा मुद्रा अपचलन काण्डमा सी का भाइ मिङ चाई मुछिएपछि चीनले उनलाई देश निकाला गरेको हो । सी का भाइ मुछिएको रिपोर्ट भने चीनले खारेज गरेको थियो । 

सी का भाइ चाईका विरुद्ध अष्ट्रेलियामा जुवा र मुद्रा अपचलन सम्बन्धी अनुसन्धान चलिरहेको दावी वोङले गर्दै ‘द वाल स्ट्रिट जर्नल’ मा छापेका थिए । 

वोङको पत्रकारको मान्यता रद्द गर्दै नविकरण नगरिएको बताइएको छ । पत्रिकाका प्रकाशकका प्रवक्ताले चिनियाँ अधिकारीहरुले वोङको मान्यता अगाडि नबढाएको जनाएका छन् । 

चीनले ‘द वाल स्ट्रिट जर्नल’ का कुनै पत्रकारलाई कार्वाही गरेको यो पहिलो पटक हो । 

सन् २०१४ देखि बेइजिङ ब्यूरो भएर काम गरेका वोङ चिनियाँ राजनीतिलाई निकै सूक्ष्म तरिकाले लेख्ने गर्दथे । उनले सन् २०११ देखि ‘द वाल स्ट्रिट जर्नल’ का लागि रिपोर्टरका रुपमा काम गर्न थालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ