arrow

ईयु-भारतको संयुक्त वक्तब्य अनुचित रहेको मन्त्रीपरिषदको निर्णय

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
nepal-setment-fnl-new.jpg.jpeg
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद बैठकले नेपालको संविधान प्रति ईयु-भारतको संयुक्त बक्तव्य अनुचित रहेको निष्कर्श निकालेको छ। 
 
ईयु र भारतले निकालेको संयुक्त वक्तव्यमा नेपालको संविधानबारे गरेको टिप्पणीप्रति नेपाल सरकारले कडा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै ईयु र भारतको यस कदमले आफुहरको गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो । यस्तै, आफ्नो आन्तरिक मामिलामा अनावश्यक चाँसो नराख्न नेपाल सरकारले आग्रह गरेको थियो ।
 
‘ईयु र भारतले जारी गरेको संयुक्त वक्तव्यको १७ नम्बर बुँदाको व्यहोराले नेपाली जनताको भावनालाई मात्र ठेस पुगेको छैन । अन्तर्राष्ट्रिय कानुनको भावना र संयुक्त राष्ट्रसंघको बडापत्रको समेत उलंघन भएको छ’–विज्ञप्तीमा उल्लेख छ । अन्तर्राष्ट्रिय मूल्य मान्यताको सामान्य आधारभूत सिद्धान्तलाई विर्सेर गरिएको यस्तो वक्तव्यवाजी असैह्य हुने नेपाल सरकारको धारणा  रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ