arrow

खाता रहेको बैंकको एटिएमबाट मात्र पैसा झिक्न मिल्ने

व्यक्तिगत खाता सुरक्षित

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
ime_atm.JPG

काठमाडौं। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ।

तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो।

नबिल बैंकको एटिएम ह्याक भएको खबर पछि सबै बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका थिए। नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग स्विच प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थासँगै आफ्नो छुट्टै स्विच प्रयोग गर्ने बैंकहरुले पनि एटिएम सेवा बन्द गरेका थिए।

अहिले राष्ट्र बैंकमा भएको आक्समिक बैठक पछि धेरै जसो बैंकहरुको एटिएम खुलिसकेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ