arrow

राप्ती प्रतिष्ठानमा राजनीति नगर्न बाणिज्य संघको आग्रह

logo
शरद रेग्मी,
प्रकाशित २०७६ भदौ १५ आइतबार
ubasangh_1.jpg

तुलसिपुर । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा राजनीति नगर्न तुलसिपुर उधोग बाणिज्य संघले सम्बन्धित सबैमा अनुरोध गरेको छ । यस क्षेत्रका जनताहरुको स्वास्थ सेवा र भबिष्यसंग जोडिएको राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानलाई विभिन्न बहानामा अबरोध श्रृजना गर्ने जोकोहि लाई पनि दङगाली जनताले नछाड्ने बिज्ञप्तिमा जनाईएको छ ।

आईतबार आयोजित नियमित बैठकमा बोल्दै तुलसिपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले भने “कहिले प्रतिष्ठान कार्यालय भित्र बाट त कहिले विभिन्न राजनीतिक दलहरुको आडमा प्रतिष्ठानको बिकास हुन नदिने समुहको पहिचान दङगालि जनताल गर्नुपर्छ । अब पनि दाङको स्वास्थ ,शिक्षा र अन्य क्षेत्रको  बिकास नभए कहिले हुन्छ अध्यक्ष रावतले भने लामो समय देखि प्रतिष्ठानमा भैरहेका विभिन्न गतिविधि प्रति  हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । व्यवसायीहरु यस क्षेत्रको बिकास चाहान्छौ अब छिटोभन्दा छिटो प्रतिष्ठानले निकास पाउनुपर्छ अध्यक्ष रावतले भने ।

कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले तुलसिपुर उपमहानगरपालिकाले हरेक क्षेत्रमा अत्यधिक चर्को ब्यबसायिक कर लगाएको भन्दै तत्काल बाणिज्य संघले पहलकदमि लिनुपर्नेमा जोड दिएका थिय ।उनिहरुले छिमेकी उपमहानगरपालिकाहरुको तुलनामा धेरै नै बढि ब्यबसायिक कर लगाएको भन्दै साना ब्यबसायिहरु अत्यधिक मारमा परेको बताएका थिय ।

कार्यक्रममा सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,निबर्तमान अध्यक्ष बिमल रिजाल ,सल्लाहकारहरु सुरेश हमाल,नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी ,लायन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसि,रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देबबहादुर केसि लगायतकाले बोल्नुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ